राजनीति

सबैलाई जिज्ञाशा होला, काठमाण्डौमा को अगाडी, यस्तो छ ताजा परिणाम (अपडेट)

काठमाण्डौ । सर्बाधिक चासोको रुपमा हेरिएको काठमाण्डौ माहानगरपालीकाको मतगणना अनुसार नेकपा एमालेका तर्फबाट मेयरमा उमेर्द्वारी दिएका बिद्यासुन्दर शाक्य २१७ मतसहित पुनः अग्रस्थानमा रहेका छन् ।

उनलाई पछ्याउदै आएका देखिन्छन् पूर्ब सचिब तथा रवीन्द्र मिश्रको साझा पार्टीका उमेर्द्वार किशोर थापा १४२ मत ल्याएर दोस्रो स्थानमा देखिन्छन् । काठमाण्डौको मेयरमा जित्ने आँकलन गरेका काँग्रेस उमेर्द्वार राजुराज जोशीको मत भने तेस्रो स्थानमा छ, जोशीको मत जम्मा १३५ छ, विवेकशील नेपाली दलबाट उमेर्द्वारी दिएकी २१ बर्षे केटी रञ्जु दर्शनाले भने ११० मतसहित चौथो स्थानमा कब्जा जमाएकी छिन् ।

माओबादीका सर्बोत्तम डंगोलको ११ मत आएको छ, भने उपेन्द्र यादब–बाबुराम भट्टराईका उमेर्द्वार पबित्र बज्राचार्यको १८ मत आएको छ ।

काठमाण्डौ उपमेयरमा भने नेपाली काँग्रेसकी पुनः हप्रिभा खड्गी अगाडी छिन् ।

झण्डै २ लाख मत गन्न बाँकी हुँदा जित यसको हुन्छ भन्ने आँकलन गर्न नसकिएपनि शरुमा देखिएको मतले नै अन्तिमसम्म लिड गर्ने अनुमान लगाउन सकिन्छ ।

त्यती मत गन्दा ६७ मत पूर्ण बदर र ११९ मत आँसिक बदर भएको भेटिएको थियो । मत बदर हुनु भनेको निर्बाचन आयोगले छापेको अप्ठ्यारो मतपत्र भएको बताईन्छ । मत ठूलो र बुझ्नलाई गाह्रो प्रकारको थियो ।

२५ प्रतिशत भन्दा बढी मत बदर हुनुले काठमाण्डौका जनतामा मत हाल्ने शिक्षाको कमी भएको देखिन्छ । काठमाण्डौ जस्तो मुलुकको राजधानीमा नै यस्तो मत बदर भएको र बाहिरको अवस्था कस्तो छ भनेर प्रश्न गर्ने ठाँउहरु देखिन्छ । मत बदर संख्या बढीरहेको छ ।