राजनीति

काँग्रेससंगको सहमती अनुसार प्रधानमन्त्री दाहाल केहिदिनमा नै राजीनामा दिने मोडमा

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिने बताएका छन् । पहिलो चरणको निर्बाचन एकाध घटना बाहेक सफल रुपमा सम्पन्न गरेका प्रधनमन्त्री दाहालले नेपाली काँग्रेससंगको सहमती बमोजिम राजनीनामा दिने तयारी गरेका हुन् ।

माओबादी केन्द्रका अध्यक्ष ९ महिना प्रधानमन्त्री हुने त्यसपछि काँग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पुर्व सहमती अनुसार बुधबार बसेको संसद बैठकमा प्रधानमन्त्री दाहालले राजीनामा दिने भएका हुन् ।

सोमबार प्रधानमन्त्री दाहाललाई भेट्न गएका राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलसंगको कुराकानीमा प्रधानमन्त्री दाहालले राजनीनामा दिने बताएको बुझिएको छ । उक्त भेटमा उपस्थित भएका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्रीले केहिदिनमा राजीनामा दिने मनसाय आफूहरुलाई सुनाएको बताएका छन् । प्रधानमन्त्रीले वालुवाटारमा भएको उक्त भेटमा बजेट समेत आउने काम चलाउ सरकारले ल्याउने बताएका थिए ।

प्रधानमन्त्रीले राष्ट्रिय जनता पार्टीका नेताहरुलाई आफूले राजीनामा दिएपछि तपाईहरु सरकारमा जानुहुन्छ भन्ने प्रश्न सोध्दा आफूहरुको मुख्य मुद्धा संबिधान संसोधन भएकोले उक्त मुद्धामा आफुहरु केन्द्रीत रहने र आफूहरु सरकारमा नजाने बताएका थिए । उनीहरुले सरकार परिवर्तनसंग आफूहरुको कुनै सम्बन्ध नरहने समेत बताएको मण्डलका सदस्य राजकिशोर यादबले प्रधानमन्त्रीलाई बताएका थिए ।
मण्डलका अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा गएको उक्त मेटमा सदस्य महेन्द्र यादब गएका थिएनन् ।