आर्थिक

सिभिल बैंकको अध्यक्षमा बोगटी

काठमाण्डौ । सिभिल बैंक लिमिटेडको अध्यक्ष पदको कार्यभार अम्बीर बोगटीले सम्हाल्ने भएका छन् । सोमबार नेपाल राष्ट्र बैंकमा गभर्नर डा. चिरन्जीवि नेपालबाट बैंकका नवनियूक्त अध्यक्षले सपथ ग्रहण गरेका हुन् । बोगटी बैंकको स्थापनाकाल देखि नै बैंकका संचालक थिए । यसैगरी रिक्त संचालक पदको कार्यभार सृजना शाक्य तामाङ्गले सम्हाल्ने पनि बताईएके छ ।

बैंक बोर्डको नयाँ नेतृत्वले बैंकको कार्यशैलीमा सुधार गर्दै शेयर होल्डरलाई बढी भन्दा बढी प्रतिफल प्रदानगर्ने प्रतिवद्घताका साथै ग्राहकवर्गलाई नवीनतम् सेवा तथा सुविधाहरु प्रदानगर्ने कुरा बैंकका नवनियूक्त का.मु. प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले बताए ।

बैंकले जेष्ठ ४ गतेका दिन छैठौं बार्षिक साधारण सभाको आयोजना गर्ने जनाईसकेको छ ।