समाचार

रुखलाई खसेको भोट माओबादीले आफ्नो दाबी गरेपछि रोकिएको गणना शुरु

चितवन । लामो समय बिबाद भएका कारण मतगणना हुन नसकेको भरतपुरमा मतगणना शूरु भएको छ । माओबादी केन्द्र र नेपाली काँग्रेसका बीचमा तालमेल भएका कारण रुख चिन्हमा खसेको भोट पनि माओबादी केन्द्रको नाममा गणना हुनुपर्ने माग माओबादी केन्द्रले राखेपछि मतदान रोकिएको थियो ।
एमालेका प्रतिनिधिहरुले माओबादी केन्द्रको उक्त प्रसताव मानेनन् भने निर्बाचन अधिकृतले कानुन अनुसार मतगणना हुने बताएका छन् । मतगणना भरतपुरको वडानम्बर १ रामनगरबाट कभर्डहलामा शरु गरिएको छ ।
प्रधानमन्त्री पुत्री रेणु दाहाल उमेर्द्वार हुनु र माओबादीलाई काँग्रेसले भोट हाल्न सहकार्य भएका कारण भरतपुर बढी चर्चाको क्षेत्र भएको छ ।

 भरतपुरमा काँग्रेसले माओबादी केन्द्रलाई सघाएका कारण माओबादी केन्द्रलाई एमालेले टक्कर दिने छ ।