समाचार

गैरसरकारी संस्था महसंघले निर्बाचन परिवेक्षणबारे यस्ता ९ बुंदे धारणा राख्यो

काठमाण्डौ । गैरसराकारी संस्था माहासंघ नेपालले बैशाख ३१ गते आइतबार सम्पन्न भएको प्रथम चरणको स्थानीय तहको निर्वाचनको पर्यवेक्षण सम्पन्न भएको जनाएको छ । करिब दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनमा जनताको उल्लेख्य सहभागिता रहेको देखिएको बताएको छ । स्थानीय तहको निर्वाचनले संविधान कार्यान्वयनलाई पनि थप बल पुगेको दावि गर्दै एकैचरणमा निर्वाचन हुन नसक्नुले अन्य प्रदेशका जनताको उत्साहलाई केहि हदसम्म कमजोर बनाएको बताएको छ ।

पहिलो चरणको निर्वाचनलाई हेर्दा केहि छिटफुट घटना बाहेक स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा नै सम्पन्न भएको देखिएको बिचार राखेको छ। एक विज्ञप्ती प्रकाशित गर्दै गैसस महासंघ नेपाल पर्यवेक्षणको क्रममा निम्न तथ्यलाई समेट्दै सरकार, निर्वाचन आयोग तथा सम्बन्धित सबै पक्षको यस्ता ९ बुंदे ध्यानाकर्षण गराएको छ ।

१. केहि ठाउँ बाहेक निर्वाचन शान्तिपूर्णरुपमा नै सम्पन्न भएको पाइयो । तरपनि दोलखा जिल्लाको मेलुङ गाउँपालिका अन्तरगत पवटी मतदान केन्द्रमा काँग्रेस र माओवादीका कार्यकर्ता र एमालेका कार्यकर्ताबीच झडप भई स्थिति अशान्त भएकाले सुरक्षाकर्मीको गोली लागि नकुल भुजेलको मृत्यु भई सो ठाउँमा मतदान स्थगित भएको पाइयो । गैसस महासंघ नेपाल घटनाको सत्यतथ्य छानबिन गरी सो मतदान केन्द्रमा यथासीघ्र निर्वाचन गराउन जोडदार माग गर्दछ ।

२. यसैगरी काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकाको जनक मावि केन्द्रमा मतदान शुरु नभईकनै स्थगित गरिएको थियो । शनिबार राती गोली लागी मृत्यु भएका स्थानीय नवराज पाठकको विषयलाई लिएर स्थानीयले अवरोध गरेपछि मतदानका आजको कुनैपनि प्रक्रिया शुरु नै नगरी निर्वाचन स्थगित गरिएको पाइयो । यसैगरी कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका ६ को नन्दादेवी मावि मतदान केन्द्रको मतपेटिका ढुवानीको क्रममा विप्लव समूहले आक्रमण गर्दा प्रहरी संग भएको दोहारो भिडन्तमा वडाअध्यक्ष राप्रपा उम्वेद्वार धनरुप बटालाको निधन भएको घटना प्रति पनि गैसस महासंघ नेपाल घटनाको सत्यतथ्य छानबिन गरी सो मतदान केन्द्रमा यथासीघ्र निर्वाचन गराउन जोडदार माग गर्दछ ।

३. पर्यवेक्षणका क्रममा निर्वाचन आयोगबाट पनि केहि कमीकमजोरी भएको पाइयो । भक्तपुरको चाँगुनारायण नगरपालिकाको साविकको नगरकोट गाविस भवनमा नवलपरासी जिल्लामा पठाउनुपर्ने मतपत्र पठाइएकाले त्यहाँको उम्मेदवारको निर्वाचन चिन्ह नै नभएको देखियो । हामी यो गल्तीबाट पाठ सिक्दै आगामी निर्वाचनमा यस्ता कमीकमजोरी नदोहो¥याउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदछौँ ।

४. पहिलो चरणको निर्वाचनमा ५३।२३ ९मनाङ० देखि ८३ प्रतिशत सम्म मत खसेको देखिएको छ । पर्यवेक्षणका क्रममा जनताको उत्साहजनक सहभागिता देखिएकाले स्थानीय तहमा जनप्रतिनिधि छान्न जनता आतुर भएको देखाउँछ । तसर्थ दोश्रो चरणको स्थानीय तहको निर्वाचनलाई पनि सुनिश्चित गर्दै निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गराउनका लागि सबैपक्ष सम्बेदनशील हुन हामी जोडदार माग गर्दछौँ ।

५. अहिलेको युग प्रविधिको युग हो । विश्वमा भई रहेको प्रविधिको विकासले नेपाललाई संसारसँग जोडेको छ । तरपनि डोल्पा जिल्लाको दूई मतदान केन्द्र धेराङ र कागकोट मतदान केन्द्रमा कसैको पनि सम्पर्क हुन नसकेकाले उक्त मतदान केन्द्रमा भएका निर्वाचनका कुनैपनि गतिबिधि बाहिर आउन सकेनन् । हामी नेपालका सबै भू–भागको जानकारी थाहा पाउनका लागि सञ्चार प्रविधिको विकास गर्न सम्बन्धित सबै पक्षसँग जोडदार माग गर्दछौं ।

६. पर्यर्वेक्षणका क्रममा मतदान शिक्षाको अभावका कारणले धेरै मतदाता अलमलिएको पाइयो । मतपत्र लामो भएकाले पट्याउन गाह्रो भएको, चुनाव चिन्ह दुईवटा भएकाले एक वा दुई कतिवटा छाप लगाउने भन्नेमा मतदातामा अन्यौल देखिएको लगायतका समस्या देखिए । आगामी निर्वाचनमा मतदाता शिक्षालाई जोड दिई नमुना मतदान बढाउनुपर्ने आवश्यकता हामीले महशुस गरेका छौँ ।

७. केही मतदान केन्द्रहरु अपाँगता भएका ब्यक्ति तथा ज्येष्ठ नागरिक र अशक्तहरुका लागि उपयुक्त र सहयोगी नभएको र केही मतदान केन्द्रहरुमा छुट्टै लाइनको ब्यवस्था पनि नगरेको हामीले पाएका छौं । यद्यपि मतदानमा खटिएका कर्मचारी, स्वयंसेवक तथा दलका कार्यकर्ताहरुको सहयोगी अभ्यास र संवेदनशिलताका कारण अपाँगता भएका तथा ज्येठ नागरिक एवं अशक्त ब्यक्तिहरु मतदानबाट बंचित हुन नपरेको पाइएको छ । काठमाण्डौको खड्का भद्रकालीमा मतदान केन्द्र स्थानीय धार्मिक स्थल ९मन्दिर० मा राखिएको कारणले मानिसहरुको धार्मिक आस्थामा चोट पुगेको तथा महीनावारी भएका महिलाहरु मतदानबाट बंचित हुन परेको गुनासो गैसस महासंघको पर्यर्वेक्षण टोलीले पाएको छ ।

८. आम रुपमा मतदान प्रकृया शान्तिपूर्ण रहेको हाम्रो निश्कर्ष छ । तर, केही स्थानहरु उम्मेदवारहरुले अनुमति प्राप्त गाडीमा मतदाता ओसार्ने, अरु मतदाताको नाममा मत खसाल्ने, उम्मेदवारको एजेण्ट विनै मतदान कार्य गरिएको र उम्मेदवारहरुले मतदान केन्द्र भित्रै गएर आफूलाई मतदान गर्न प्रभाव पार्ने प्रयास गरेको सूचनाहरु प्राप्त भएको छ ।

९. केहि स्थानहरुमा मतदानको अन्त्यतिर तथा मतदान पश्चात दलका कार्यकर्ताहरु माझ विवाद उत्पन्न भइ मmडप र तनावको स्थिति सृजना भएको घट्नाप्रति हामी दुःख ब्यक्त गर्दछौं । सबैदल र दलका कार्यकर्ताहरुलाई लोतान्त्रिक संस्कार, सहकार्य र शान्तिपूर्ण रुपमा निर्वाचनको परिणामलाई स्वीकार्ने संस्कृतिको पालना गर्नका लागि अनुरोध गर्दछौं ।
बिज्ञप्तीमा भनिएको छ ।