पु.समाचार

मतगणना जारी, हालसम्मको यस्तो छ परिणाम !

काठमाण्डौ । आईतबार अथवा जेठ ३१ गते २०७४ मा सम्पन्न भएको निर्बाचनको मतपरिणाममा एक् एक ठांउबाट काँग्रेस र एमालेले जित हांसिल गरेका छन् भने पहिलो चरणको नै निर्बाचन नगरमा पर्ने काठमाण्डौ, ललितपुर, पोखरा र चितवनको मतगणनाको परिणामको पखाईमा बिश्वभरिका नेपालीहरुले बढी ध्यान दिएका छन् ।

२८३ स्थानीय तहमा भएको मतदानमा दोलखा, काभ्रे र कालिकोटको एक एक मतदान केन्द्रमा मतदान स्थगीत गरिएको छ । भने सोमबार बिहानैदेखि मतगणना हुन शुरु भएको छ माहानगरपालीका मध्ये ललीतपुरको मेयरमा काँग्रेसका चिरिबाबु महर्जन अगाडी देखिएका छन् । मेयरमा चिरिबाबुले १११ मत प्राप्त गरेका छन्, भने प्रत्यासीमा एमालेका हरिकृष्ण महर्जनको ७८ मत छ ।
नेपाली काँग्रेसभन्दा एमाले अगाडी देखिएको छ । भर्खरमात्र केहि भोटको परिणाम आएको हुनाले यसैलाई आँकलन गरेर अगाडी भन्न सक्ने अवस्था भने छैन ।

काठमाण्डौमा काँग्रेसका उमेर्द्वार राजुराज जोशी, एमालेका बिद्यासागर शाक्य मैदानमा उत्रिएका छन् । काँग्रेस र एमालेको प्रतिश्पर्धा ठानिने काठमाण्डौमा साझा पार्टीका  उमेर्द्वार किशोर थापा र विवेकशीलका उमेर्द्वार रञ्जु दर्शनाले थप रोमाञ्चक र आँकलन गर्न अप्ठ्यारो बनाईदिएका छन् ।

अहिले सम्मको परिणाम अनुसार नेपाली काँग्रेस भन्दा एमालेले बढी स्थानमा आफूलाई अगाडी पार्न सफल भएको छ । १घ स्थानीय तहको मत परिणाम सुनाउदा ललीतपुरसहित ३ स्थानमा काँग्रेस र १० स्थानमा एमाले अगाडी छ । मत परिणाम र बिजयीहरुको बारेमा सुर्यखबरले समाचार अपडेट गर्दै छाने छ ।
चितवनको भरतपूरमा प्रधानमन्त्रीपुत्री रेणु दाहालतिर सबैको ध्यान  गएको देखिएको छ भने नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा केहिबेरमा नै मतगणना शुरु हुने बताईएको छ ।