समाचार

विप्लव माओबादीले कालीकोटमा मत बक्स लुट्दा प्रहरीको गोलीलागी दुई घाईते

कालिकोट । कालिकोटको नन्दादेवी मतदान केन्द्रमा आईतबार बेलुकी प्रहरीको गोली लागी दुईजना घाईते भएका छन् ।
नरहरीनाथ गाँउपालीकाको मालकोटमा खसेको ५५० भोटलाई नेकपा माओबादी विप्लब समूहले जलाउदा प्रहरीले गोली चलाएको प्रजीअ गिरिधारी सुबेदीले बताएका छन् ।
१२ बजेसम्म ५५० मत खसेको र त्यसपछि मतदान गर्न कोहीपनि नआएको बताउदै माओबादी कार्यकर्ताले मतपत्र राखेको बक्स जलाएपछि प्रहरीले गोली चलाएको थियो ।

उक्त मतदान केनद्रमा ८ सय ७९ मतदाता छन् । निर्बाचन गराउन सकृय टोलीलाई घेरा हालेपछि उनीहरुको सुरक्षाका लागी प्रहरीले गोली चलाएको बताईएको छ । हालसम्म कसैको पनि मानवीय क्षती भएको समाचार नआएपनि उक्त झडपमा एक जना प्रहरी समेत घाईते भएको बताईएको छ ।