पु.समाचार

मोटरसाईकलमा आएकाले चलाएको गाली लागी पाठकको मृत्यु

काठमाण्डौ । स्थानीय तहको निर्बाचनका दिन आईतबार काभ्रेको भकुण्डेबेसीमा गोली लागी एक जनाको मृत्यु भएको छ । प्रहरी डीएसपी नबिन राईका अनुसार शनिबार राती ९ बजेतिर मोटरसाईकलमा आएका तीन जनाले गोली प्रहार गरेपछि घाईते भएका नबिनराज पाठकको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

काभ्रेको नमोबुद्ध नगरपालीकाका २८ बर्षे युवाको हत्यामा प्रहरी नै संलग्न भएको आरोप स्थानीयको छ भने प्रहरीले घटनाको अनुसंधान गरिरहेको बताएको छ । देशका बिभिन्न भागमा बमहरु राखेर आतंक मच्चाएको शक्तीले निर्बाचन बिथोल्ने क्रममा पाठकलाई गोली हानिएको हुनसक्ने अनुमान गर्न सकिन्छ भने नेत्रबिक्रम चन्द माओबादीले उक्त घटना घटाएको हेनसक्ने आंकलन एक प्रहरी अधिकृतले सुर्यखबरलाई बताएका छन् ,