चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान ७ बजेर ७ मिनेट जाँदा मतदान गगरेका छन् ।
भरतपुर महानगरपालिका वडा नं ४ स्थित लक्ष्मी मावि लङकुको ‘ख’ मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।
मतदानपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले नेपालमा पहिलोपटक अधिकार सम्पन्न स्थानीय तहको निर्वाचन आज सम्पन्न हुन लागेकाले जनतामा निकै ठूलो उत्साह रहेको बताए ।
उनले भने – “यो ऐतिहासिक निर्वाचन भएको हुनाले व्यापक रुपमा मतदानमा सहभागी हुन हिजो नै अपिल गरेको छु, आज जे देखिएको छ, सबैतिर उत्साहपूर्वक अपेक्षाभन्दा बढी नै मतदान हुन्छ भन्ने मलाई विश्वास छ ।”
उनले नेपाली काँग्रेस र माओवादी केन्द्रबीचको तालमेलअनुसार नै आफूले मतदान गरेको बताए ।
प्रधानमन्त्री दाहाल भोट खसाल्नका लागी हिजो शनिवार नै यहाँ परिवार सहित आएका थिए । प्रधानमन्त्री दाहालकी छोरी रेणु दाहाल र गङ्गा दाहालले पनि सोही केन्द्रबाट मतदान गरेका छन् ।
प्रधानमनत्री दाहालकी धर्मपत्नी सीता दाहालको भने शिवनगरस्थित शान्तिपुर निमावि केन्द्रबाट मतदान गरेको सुर्यखबर सम्बाददाताले बताएका छन् ।