पु.समाचार

२० बर्षपछिको पहिलो चरणको निर्बाचनमा ४९,३३७ उमेर्द्वार, १३,५५६ जना निर्बाचित हुने (बिस्तृत विवरण)

काठमाण्डौ । प्रदेश नम्बर ३, ४ र ६ गरेर ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा प्रतिनिधि बन्नका लागी ५० हजार उमेर्द्वारले उमेर्द्वारी दिएका छन् भने भने आईतबार बिहान ७ बजेदेखि बेलुकी ५ बजे सम्म भोट खसाल्नका लागी सर्बसाधारण लाईन लागेर बस्नेछन् ।

२० बर्षपछि हुन लागेको स्थानीय तहको निर्बाचनका लागी सुरक्षा ब्यबस्था कडा बनाईएको छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्बाचनमा उत्साहपूर्ण रुपमा भाग लिन र भोट खसाल्न सबै नेपाली जनतालाई आग्रह गरेका छन् ।

२०७४ साल माघ ७ गतेभित्र सथनीय प्रादेशीक र ब्याबस्थापीका सांसदको निर्बाचन गर्नुपर्ने संबैधानिक बाध्यता अनुसार हुन लागेका स्थानीय तहको निर्बाचनको पहिलो चरण आईतबार हुन लागेको हो भने दास्रो चरणको निर्बाचन यही जेठ ३१ गते हुनेछ ।

४ माहानगर, १ उपमाहानगर, ९२ नगरपालीका र १८६ गाँउपालीकामा सथनीय तहको सम्पन्न हुनलागेको आजको निर्बाचनमा निर्बाचन नचाहने शक्तीले शनिबार कुकर बम लगायतका बस्तुहरु राखेर जनतालाई तर्साउने प्रयास गरेपनि सेनाले निस्कृय पारेका थियो । सुरक्षाका हिसाबले नम्बर १ मा नेपाल प्रहरी, नम्बर २ मा शसस्त्र प्रहरी र नम्बर ३ मा नेपाली सेनाले ५ मिनेटभित्र सुरक्षा आवश्यक परेको ठाँउमा हाजिर हुनेगरी सुरक्षा ब्यबस्था मिलाएको बताएका छन् ।

४९ लाख ५६ हजार ९२५ जना मतदाता सहभागी हने आजको निर्बाचनमा अध्यक्ष वा नगरप्रमुख २८३ जना, त्यत्तिकै सङ्ख्यामा उपाध्यक्ष वा उपप्रमुख निर्वाचित हुनेछन् । त्यस्तै पहिलो चरणको निर्वाचनबाट दुई हजार ५९८ जना वडाअध्यक्ष पनि निर्वाचित हुँदैछन् । आयोगका अनुसार प्रमुख वा वडाअध्यक्षमा कुल एक हजार ७२३ पुरुष र १५७ महिला गरी एक हजार ८८० प्रतिस्पर्धामा छन् भने उपाध्यक्ष वा उपप्रमुखमा २५७ पुरुष र एक हजार १२७ महिला गरी कुल एक हजार ३४८ जना प्रतिस्पर्धामा छन् ।

त्यस्तै वडा सदस्य दुई पद खुलाका लागि १७ हजार ७२९ पुरुष र ९५१ महिला, अन्य वडा सदस्य पदमा नौ हजार ८३ जना र दलित महिला वडा सदस्यमा सात हजार ५२६ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जानकारी गराएको छ । आयोगका अनुसार अहिलेसम्म ३२९ जना निर्विरोध निर्वाचित भइसकेका छन् । तीमध्ये १६९ जना पुरुष र १६० महिला भएको निर्बाचन आयोगले जनाएको छ ।