राजनीति

चाहेको भए एमालेहरुलाई ऐया पनि भन्न दिन्नथे तर म संयमीत भएं – गगन थापा

काठमाण्डौ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले आफूलाई आफ्नो क्षेत्रबाट कसैले पनि लखेट्न नसक्ने दाबी गरेका छन् । काठमाण्डौ क्षेत्र नम्बर ४ का प्रत्यक्ष निर्बाचित साँसद समेत रहेका थापालाई शनिबार एमालेका कार्यकर्ताहरुले निर्बाचन आचारसंहिता उलंघन गरेको आरोप लगाउदै आक्रमण गर्ने प्रयास गरेको बिषयमा फेसबुक लाईभ मार्फत जानकारी दिदै आफूलाई केही एमालेका साथीहरुले गाडीमा ढुंगा हान्ने र गाली गलौज गर्ने दुश्शाहस गरेको बताउदै आफूले संयमता अपनाएका कारण थप दुर्घटना नभएको बताएका छन् ।

स्वास्थ्यमन्त्री समेत रहेका नेपाली जनताका लोकप्रीय नेता थापाले चाहेको भए कतीपय मित्रहरुलाई ऐया समेत भन्न नदिने अवूथा श्रृजना हुनसक्ने बताएका छन् ।

मन्त्री थापाले उक्त फेसबुक लाईभमा भनेका छन् ‘मतदातासँग मत मागेको होइन, पार्टीका स्थानीय साथीहरुसँग छलफल गरेको हुँ र आचारसंहिता उल्लंघन होइन । म विन्रमपूर्वक आग्रह गर्छु, यो मेरो निर्वाचन क्षेत्र हो । जहाँ मैले अत्यन्त स्नेह पाएको छु । त्यो सन्दर्भमा मैले मेरो ठाउँबाट कसैले लखेटिएर लखेटिने त्यति कमजोर हैसियत मेरो छैन । यदि मैले अप्रिय घटना होस् भन्ने चाहेको भए कतिपयले ऐया पनि भन्न पाउँदैनथे ।
‘चुनावमा भाग लिएका कुनै पनि दलले पैसा दिएर मत किन्न सकिन्छ भन्ने ठान्नु बूढानीलकण्ठका मतदाताको अपमान हो’ उनले भने, ‘एमालेले नै पनि पैसा बाँडेर काठमाडौंका मतदाताको भोट किन्न सकिन्छ भन्ने ठान्छ भने त्यो मतदाताको अपमान हो । ‘मतदातासँग मत मागेको होइन, पार्टीका स्थानीय साथीहरुसँग छलफल गरेको हुँ र आचारसंहिता उल्लंघन होइन ।’
बेढानिलकण्ठका जनता पैसामा बिक्री हुन्छन् भन्नु त्याँहाका जनताको एमालेले अपमान गरेको आरोप समेत लगाएका छन् ।