आर्थिक

सनराईजले थेसिसका लागि आर्थिक सहयोग गर्ने

काठमाडौं । सनराईज बैंकले, त्रिभूवन विश्वविद्यालय,  केन्द्रीय व्यवस्थापन विभाग अन्तर्गतका संकायहरुमा एम.वि.एस. र एम.वि.ए. बिषयमा अध्ययनरत विद्यार्थीहरुले अनुसन्धान बिषय अन्तर्गत प्रस्तुत गनुपर्ने शोधपत्र तयार पार्नको लागि आर्थिक सहयोग गर्ने भएको छ ।

सो शोधपत्रको विधि विश्वविद्यालयले तोके बमोजिम हुने गरी आज बैंक र त्रिभूवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभाग बीच MOU मा हस्ताक्षर सम्पन्न भयो जस अनुसार त्रि.वि.वि. का एम.वि.एस. र एम.वि.ए मा अध्ययनरत ५ जना शोधकर्ताहरुका लागि आर्थिक सहयोग उपलब्ध गराउने छ । उक्त सम्झौता पत्रमा बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र त्रिभूवन विश्व विद्यालय, केन्द्रीय व्यवस्थापन विभागका प्रमुुख, प्रा.डा.भोज राज अर्यालले हस्ताक्षर गरेका छन् ।