खेलकुद

कराते टोली मलेसिया प्रस्थान

काठमाण्डौ । अठारौं अन्तर्राष्ट्रिय मिलो खुला कराते च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली कराते टोली शुक्रबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ । मे १२ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो लैनचौरको टोली सहभागी हुन लागेको हो ।
पुरुषको ६० केजीमुनि भूपेन्द्र पुन मगर, ७५ केजीमुनि ज्ञानु पुन मगर र ८४ केजीमुनि सुमित घर्ती मगरले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा अमित न्यौपाने छन् । टोलीलाई डोजो प्रमुख रामकुमार थारुले एक कार्यक्रमबीच बिदाइ गरे ।