राजनीति

जन्मिएको माटोले भाग लिई भनेपछि उत्साहजनक रुपमा निर्बाचनमा भाग लिएं – उपेन्द्र यादब

काठमाण्डौ । संघीय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादबले मुलुकलाई निकास दिनका लागी आफू स्थानीय तहको निर्बाचनमा सहभागी भएको बताएका छन् ।

शुक्रबार काठमाण्डौमा आयोजीत एक कार्यक्रममा बोल्दै अध्यक्ष यादबले आफू जन्मिएको माटोलाई सम्झिदा निर्बाचनमा गएपछि माटोले निर्बाचनमा भाग लिई भनेपछि निर्बाचनमा भाग लिएर पनि मुलुकको समस्या समाधान गर्न सकिने आंकलनका बापदुत आफूहरु निर्बाचनमा गएको उनको तर्क थियो ।

नेता यादबले आईतबार हुने पहिलो चरणको निर्बाचनमा पार्टीको उल्लेख्य सहभागीता हुने बताउदै निर्बाचनमा जानु भनेको जनतामा जानु हो, यो पनि एउाटा राजनीतिक संघर्ष हो भनेका छन् ।

अध्यक्ष यादबले निर्बाचनमा भाग लिने बित्तिकै आफूले राजनीतिक मुद्धाहरु पनि नछाडेको र बैसाख २० गते संबिधान संसोधन गर्न खोज्दा राप्रपाका १० सांसद नआएका कारण संबिधान संसोधन हुन नसकेको जानकारी दिएका छन् ।

पुर्ब उपप्रधान एबम् परराष्ट्रमन्त्री समेत रहेका नेता यादबले जेठ ४ गते बोलाईएको संसद बैठडकमा संबिधान संसोधन पास हुन्छ भन्ने आफूलाई बिश्वास लागेको बताउदै नभए दोस्रो संबिधानसभा निर्बाचन अगावै संबिधान संसोधन प्रस्ताव पास हुने दाबी गरेका छन् ।
उक्त कार्यक्रममा यादबले संबिधान संसोधन पास हुंदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत सहयोग गर्ने आफूलाई बिश्वास लागेको धारणा समेत प्रकट गरेका छन् ।