राजनीति

निर्बाचनको मुखमा राष्ट्रपति भण्डारी बिदेश भ्रमणमा, निर्बाचनलाई उपेक्षा गरेको विश्लेशकको दाबी

काठमाण्डौ । राष्ट्रपति बिद्यादेवी भण्डारी शुक्रबार थाईल्याण्ड प्रस्थान गरेकी छिन् । श्रीलंकामा हुने बुद्ध जयन्तीको अवसरको बिशेष कार्यक्रममा प्रमुख अतिथीको रुपमा भाग लिन राष्ट्रपति भण्डारी थाईल्याल्याण्डबाट त्यतातिर प्रस्थान गर्ने कार्यक्रम छ ।

स्थानीय तहको निर्बाचन आउन दुईदिन मात्र बाँकी रहेकाबेला राष्ट्रपति भण्डारी बिदेश भ्रमणमा जाँदा उनी भोट हाल्नबाट भने बञ्चित हुनेछिन् । राष्ट्रपति भण्डारीलाई त्रिभूवन अन्तराष्ट्रिय बिमानस्थलमा उपराष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती लगायत बिशिष्ट ब्यक्तीहरु अन्तराष्ट्रिय बिमानस्थल पुगेका थिए ।

पाँच दिने भ्रमणका लागी थाईल्याण्ड र श्रीलंका हानिएकी भण्डारी जेठ दुई गते फर्किने कार्यक्रम छ । थाईलयाण्डमा असोज २७ गते निधन भएका स्वर्गीय राजा भूमिबल अब्दुल्यादेजको पार्थीब शरीरमा माल्यार्पणम गर्ने कार्यक्रम छ भने उनले श्रीलंकामा समकक्षी मैत्रीपाला सिरिसेनासंग भेटवार्ता गर्ने राष्ट्रपति कार्यालय स्रोतको कार्यक्रममा उल्लेख छ ।

राजनीतिक विश्लेशकहरुले निर्बाचको मुखमा राष्ट्रपति बिद्यादेवी भण्डारीले बिदेश भ्रमण गर्नु उपयुक्त नभएको बताएका छन् । एकथरी बिश्लेशकले राष्ट्रपतिले भोट आएका बेला बिदेश भ्रमण गर्नु निर्बाचनलाई उपेक्षा गरेको हुनसक्ने अनुमान लगाएका छन् भने अर्कोथरीले राष्ट्रपतिको पद सबै नेपालीको भएकोले उक्त भोट नखसाल्ने कदमको प्रशंसा गरेका छन् ।