पु.समाचार

निर्बाचन जितेपछि पनि जिम्मेवारी नपाउने

काठमाडौं । पहिलो चरणमा हुने निर्वाचनबाट छानिने जनप्रतिनिधिलाई शपथग्रहण गराएर तत्काल जिम्मेवारी दिन कानुन अभाव देखिएको छ । सरकारले स्थानीय तहका जनप्रतिनिधिले गर्ने शपथ ग्रहण र कामको जिम्मेवारीसहितको स्थानीय शासन ऐन बनाउन सकेको छैन । जसले गर्दा निर्वाचित सरकार आउने जनप्रतिनिधिले तत्काल काम गर्न नपाउने भएका छन् ।

दुवै चरणको निर्वाचनबाट देशभरमा सात सय ४४ स्थानीय तह र ७५ जिल्ला समन्वय समितिबाट गरी ३७ हजार ३ सय ३६ जनप्रतिनिधि निर्वाचित हुँदैछन् । तीमध्ये ३१ वैशाखमा हुने पहिलो चरणमा २ सय ८३ स्थानीय तहबाट निर्वाचित हुने १३ हजार ५ सय ५६ प्रतिनिधिले तत्काल काम गर्न नपाउने अवस्था देखिएको छ ।

नयाँ पधिकाका अनुसार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले कानुन अभावमा ३१ वैशाखको निर्वाचनबाट छानिएर आउने जनप्रतिनिधिले तत्काल काम गर्न नपाउने अवस्था रहेको बताए ।