राजनीति

प्रचण्डले छोरीलाई उमेरद्वार बनाएर माओबादी कार्यकर्ताको अपमान गरे – ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा सरकार धाँधली गर्न लागेको आरोप लगाएका छन् । ओलीले जेठ १५ अघि बजेट ल्याएर र यसपछि दोस्रो चरणको चुनाव गरी सरकारले निर्वाचनमा धांँधली गरेको उनको दोषारोपण थियो ।

प्रजातान्त्रीक मुल्य मान्यता विपरित धाँधलिका कामहरु भैरहेको उनको दावी थियो । नेकपा (एमाले) भरतपुर महानगरकमिटी चितवनको आयोजनामा आज नारायणगढमा भएको बृहत आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘उनले प्रशासन र अदालतलाई आतंक मुनि राख्ने प्रयास गरिरहेको भन्दै सरकारको आलोचना समेत गरे ।
एमालेले सहिष्णुता देखाउने पार्टी भएको भनाई थियो । सहिष्णुता छ भन्दैमा जे गरेपनि हुन्छ भन्ने भ्रम नपाल्न उनले चेतावनी दिए ।

अहिले स्थानिय निकायहरु आफैं सरकारको रुपमा रहेको उल्लेख गर्दैै पुर्व प्धानमन्त्री समेत रहेका अध्यक्ष आलीले २० वर्षपछिको निर्वाचन आफैंमा महत्वपूर्ण रहेको जिकिर गरे । सबै क्षेत्रमा एमालेको नेतृतव भयो भने मात्रै देश समृद्ध बन्ने दावीे थियो ।

एमाले राष्ट्रियता र राष्ट्रिय एकताको पक्षमा र राष्ट्रिय पहरेदारको रुपमा रहेको उहाँले प्रष्ट्याए । अन्य पार्टीहरु मौसम अनुसार जता हावा चल्छ उतै ढल्कने पार्टी भएको ओलीको आरोप छ ।

विभिन्न ठाउँमा विभिन्न व्यक्तीहरु मरिरहेको घटना भएपनि न्याय दिन्छु भन्न नसक्नेलाई काँग्रेसले नाम्लो लगाएर बोकेको उनको भनाई थियो ।

काँग्रेसका कार्यकर्ताहरुको मन रोएको आफूलाई जानकारी रहेको भन्दै उनले भने, ‘यतीखेर काँग्रेस कार्यकर्ताहरु बाँदरमुढे सम्झिरहेका छन्, त्यो सानो काजोल खातुन, जसलाई गाडी भित्र जलाएर मारियो, ढोका थुरेर आगो लगाएर मार्नेहरुलाई नै बोक्नुपर्छ काँग्रेसले, यही हो प्रजातन्त्र ।’ सन्तानका लागि युद्ध भएकोअहिले प्रष्टिएको बताउँदै ओलीले माओवादीमा लडेका कार्यकर्ताहरुलाई बेवास्ता भएको बताए ।

ज्यान हत्केलामा राखेका माओवादी कार्यकर्ताहरु उमेद्वार पनि नभएको भन्दै ओलीले भने, अर्काका छोरा छोरी मारेपनि माया नलाग्ने आफ्ना छोरा छोरी मेयर बनाउने ।’

माओवादी केन्द्रका कार्यकर्ताहरुलाई उसको पार्टीले दुरुपयोग गरेको अध्यक्ष ओलीको भनाई थियो । सो क्रममा एमालेका महासचिव ईश्वर पोखरेल, पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेता काशिनाथ अधिकारी लगायतको सहभागिता थियो ।

कार्यक्रम शुरु हुनु अघि भरतपुरको चौविसकोठीबाट एमाले कार्यकर्ताहरुले बाजागाजा सहित बृहत र्याली निकालेका थिए ।