राजनीति

सभापति देउवाले काँग्रेस कार्यकर्ता र जनतालाई माओबादीलाई यसरी भोट हाल्न आग्रह गरे

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले काँग्रेस माओवादी गठबन्धन प्रान्तीय र केन्द्रीय निर्वाचनमा नसकिंदासम्म जारी रहने दावी गरेका छन् । स्थानीय तहको निर्वाचनमा मात्रै कांँग्रेस र माओवादीको गठबन्धन नभएको देउवाले जिकिर गरेका छन् ।

देउवाले भने, ‘अहिले हाम्रो संयुक्त सरकार छ, यो सरकार स्थानिय चुनाव मात्रै होईन प्रान्तिय र केन्द्रीय निर्वाचनसम्म जाने छ, त्यसपछि पनि जानसक्छ ।’

बाह्रबुँदे सहमतीले आज नेपालमा स्थायी शान्ति ल्याएको र संघिय लोकतान्त्रिक गणतन्त्र दिएको उनको भनाई थियो । ‘अब यो संविधानको कार्यान्वयन गर्नु जरुरी छ, यसले मात्रै नेपालको समृद्धि हुने छ ।’ देउवाको कथन थियो । हिजोको कुरा गरेर केही नहुने भन्दै उनले भोली के हुँदैछ भनेर हेर्नुपर्नेमा जोड दिए ।

अहिले समावेशी संविधान बनेको जिकिर गर्दै उनले संविधानको स्थायी रुपमा संस्थागत गर्न पनि यो गठबन्धन भएको दावी गरे ।

उनले पहाड र मधेसलाइ झगडा गराउने तत्वबाट सचेत हुनुपर्नेमा जोड दिए । मिलेर बसेको समाजलाई झगडा गराउन नहुने धारणा ब्यक्त गरेका छन् ।

विपीको भनाई जस्तै अहिले सबैको मेलमिलाप आवश्यक भएको उनको भनाई छ । जसले जे भनेपनि एकजुट हुनुपर्ने भन्दै उेदवाले चितवनमा दुईवटै महिलालाई भोट हाल्न कार्यकर्ता एवं मतदाताहरुलाई आग्रह गरे ।