राजनीति

कांग्रेस र माओवादी गठबन्धन नयांँ राजनैतिक प्रयोग : प्रम दाहाल

चितवन । प्रधानमन्त्री पुस्पकमल दाहालले कांँग्रेस र माओवादीको गठबन्धन नयांँ राजनैतिक प्रयोग भएको बताएका छन् ।

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र चितवनको संयुक्त प्रचार समितिद्धारा बिहीबार आयोजित बृहत चुनावी सभालाई सम्बोधन गर्दे उनले सो कुरा बताएका हुन् ।

बाह्रबुदे सहमतिसँगै बृहद शान्ति सम्झौताबाट नयांँ युगको शुरुवात भएको उल्लेख गनुृहुँदै प्रधानमन्त्री दाहालले कांग्रेस र माओवादी केन्द्र वीच भित्रीरुपमा तिब्रमतान्तर हुँदाहुँदैपनि राष्ट्रको लागि गठबन्धन कठोर निर्णय गरेको जिकिर गरे ।
‘कांग्रेसले गिरिजाप्रसाद कोईराला जस्तो नेता नजन्माएको भए र माओबादीले प्रचन्ड जस्तो नेता नजन्माएको भए यो नयाँ प्रयोग सम्भव थिएन ।’ उनकोे कथन थियो ।

आपसमा लडांँई लड्दै गर्दा फैरी शान्तिको महान प्रयोग गर्ने कठोर निर्णय आफुहरुले गरेको उहाँको भनाई थियो । उनले भरतपुर महानगरमा पनि एउटा त्यस्तै कठोर निर्णय गरेको दावी गरे ।

उनले राष्ट्र र जनताको निम्ति कठोर निर्णय गर्ने नसक्ने नेता नेता नै नहुने दावी गरे । गठबन्धनले मधेस पहाड हिमाललाई एकताबद्ध गरेर देशलाई निर्वाचनतर्फ लगेको उनको जिकिर छ ।

कार्यक्रमममा बोल्दै राष्ट्र एकताबद्ध हुदैछ र जनतामा उत्साह भएको दावी गरे । अहिलेको स्थानीय निर्वाचन १९ बर्ष पछि मात्रै भएको निर्वाचन नभई इतिहासको पहिलो निर्वाचन भएको उल्लेख गर्दै निर्वाचनले सिंहदरवारको अधिकार गाउंँगाउंँमा जाने र जनता आफ्नो मालिक आफै भएको बताए ।

आफू प्रधानमन्त्री भएपछि देशको आर्थिक बृद्धिदर १ प्रतिशतबाट बढेर ७ प्रतिशतसम्म बढेको उहाँले जानकारी दिए ।
दुबै राजनैतिक गठबन्धनले गर्दा नै लोडसेडिङ्ग मुक्त भएको स्मरण गर्दै जनताप्रति इंगित गर्दै भनेर्, अब तपाईहरु उज्यालोतिर बढ्नेकी अध्यारोतिर जाने आफै फैसला गर्नुहोस’।

प्रम दाहालले चितवनमा आफु हुर्केको खेलेको हुनाले आफूसंग छुटै आत्मीयता यस जिल्लामा रहेको बताउंँदै यो जिल्लालाई दक्षिण एशियाको नमुना महानगर बनाउने सक्ने संभावना भएको बताए । जसको लागि देशको संविधान कार्यन्वयन गर्न र प्राप्त संविधानको रक्षा गर्नको लागि पनि भरतपुर महानगरमा दुबै मेयर उपमेयरको लागि जिताउन मतदाताहरु लाई आग्रह गरे ।