पु.समाचार

गृह राज्यमन्त्री बानियाँ भन्छन्, ‘स्थानीय तहको निर्बाचनपछि जनता मालिक बन्छन्’ 

हेटौँडा ।  गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँले राष्ट्रमा प्रजातन्त्रको सुदृढीकरण गर्न र जनतालाई मालिक बनाउन स्थानीय निर्वाचन आवश्यक रहेको बताएका छन्।
उनले नेपाली काँग्रेस मकवानपुरद्वारा बुधबार हेटौँडा उपमहानगरपालिका–१६ हटिया र मनहरि गाउँपालिकाको मनहरिमा छुट्टाछुट्टै आमसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसले मुलुकको राष्ट्रियताको संवद्र्धन गर्न र जनतलाई आर्थिक समुन्नतितर्फ डो¥याउने नेतृत्व गर्दै आएकाले राष्ट्रलाई सबल तुल्याउन मतदाताले नेपाली काँग्रेसलाई नै मतदान गर्न आग्रह गरे।
मन्त्री बानियाँले प्रमुख दल र प्रतिपक्षले आपसमा सहकार्य गरेर मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराई मधेसी जनताको उत्थानका लागि उत्प्रेरणा दिनुपर्ने बताए।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय, हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार आनन्दराम पराजुली, नेकपा माओवादी केन्द्रका उपप्रमुखका उम्मेदवार बलराम वल र मनहरि गाउँपालिकाका लागि नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार शङ्कर न्यौपानेले स्थानीय निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तुल्याउन राजनीतिक दलले निर्वाचन आयोगको आचारसंहितालाई आत्मसात गरी जनताको बढी भन्दा बढी सहभागिता जुटाउन आग्रह गरे। रासस