राजनीति

माओबादीसंगको काँग्रेस तालमेलमा प्रकाशमान सिंहले यसरी गरे बिरोध

काठमाण्डौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालका कम्न्युष्टहरुको बिश्वास गर्न सकिने अवस्था नरहेको बताएका छन् । दोस्रो जनआन्दोलनपछि झलनाथ खनाल, माधबकुमार नेपाल, केपी शर्मा ओली, डा. बाबुराम भट्टराई जस्ता बिद्वानहरु प्रधानमन्त्री बनेपनि संबिधान निर्माण गर्न नसकेको आरोप लगाउदै दोस्रो संबिधानसभापछि सबैभन्दा ठूलो दल बनेको नेपाली काँग्रेसले संबिधान बनाएर देखाएकोले काँग्रेसमात्र जनताका लागी भरपर्दो पार्टी भएको जिकिर गरेका छन् ।

काठमाण्डौमा काँग्रेसका प्रभाबशाली नेता मानिने पूर्ब-माहामन्त्री समेत रहेका नेता सिंहले बिहीबार चन्द्रगिरी नगरपालीकामा काँग्रेस उमेर्द्वारलाई भोट माग्ने कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

माओबादी केन्द्रसंग तालमेल गरेर उमेर्द्वार उठाएका बेला कम्न्युष्टको बिश्वास हुदैन भन्नु गणेशमानसिंह पुत्र प्रकाशमानसिंह माओबादी केन्द्रसंगको तालमेलमा सन्तुष्ट नभएको अनुमान गर्न सकिन्छ ।

बुधबार नेता सिंह काठमाण्डौका मेयर राजुराज जोशी र उपमेयर हरिप्रभा खड्गीलाई जिताउन क्षेत्र नममर १ लगायत काठ्माण्डौ माहानगरपालीकाका बिभिन्न कार्यक्रममा उपस्थिति भएका थिए भने आज बिहीबार चन्द्रागिरीका मेयर घनश्याम गिरीलाई जिताउन बिभिन्न कार्यक्रममा उपस्थिति हुने बताईएको छ ।

कार्यक्रममा काठमाण्डौ, ललीतपूर र भक्तपूरमा काँग्रेस उमेर्द्वारले मेयरमा जित हाँसिल गर्ने कुनै शंका नरहेको दाबी समेत गरेका थिए ।