राजनीति

किन प्रमुख दलका शीर्ष नेताहरुले पोखरालाई भन्दा भरतपूरलाई नै महत्व दिए ? (कारण सहित)

काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमनत्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार एकैदिन स्तानीय तहको निर्बाचनलाई लक्षीत गरि चितवनको भरतपूरमा आआफ्नै कार्यक्रममा भाग लिन जाँदैछन् । बिहीबार राती १२ बजेबाट निबार्मचन प्रचारप्रसार बन्दहुने भनिएको यस अन्तिम घडीमा किन तिीवटा मूख्य दलका प्रमुखहरु चितवन जाँदैछन् त ?

काँग्रेस सभापति किन गए ?

पहिलो कुरा, सभापति देउवा र प्रधानमन्त्री दाहालको सरकारमा पालैपालो नेतृत्व गर्ने राजनीतिक सहमतीलदाई झन बलियो बनाउने अभिलासाका साथ माओबादी केन्द्रसंग गरिएको तालमेलबाट रुष्ट काँग्रेस कार्यकर्ताहरुलाई फकाउन सभापति देउवा त्यसतर्फ लागेका हुन् ।
दोस्रो कुरा, सभापति देउवाले प्रधानमन्त्री पुत्रीलाई जितउन नै चरतपुरतर्फ लागेका हुन्, आफ्नी छोरीलाई जिताएपछि प्रधानमन्त्री दाहालले राजनीतिक रुपमा आफूलाई धोका नदिने बिश्वास देउवालाई छ, त्यसै कारण भरतपूरमा आयोजीत सभालाई सम्बोधन गर्दै काँग्रेस कार्यकर्ताहरुलाई माओबादी केन्द्रकी नेतृ एबम् प्रधानमन्त्री दाहाल पुत्री रेणु दाहाललाई भोट हाल्न आग्रह गर्नेछन् ।

तेस्रो भर्खरमात्र माहानगरपालीका बनेको, देशको राजधानी नै चितवनमा बनाउनुपर्छ भनेर चर्चा चलिरहेको राजनीतिक मात्र नभएर पछिल्लो समयमा ब्यापारिक हिसाबले पनि महत्वपूर्ण मानिने उक्त ठाँउमा काँग्रेसको बलियो स्थीतिलाई गल्न् नदिन आन्तरिक रणनीति अनुसार भरतपूरतिर हानिएका हुन् ।

केपी शर्मा ओली किन चितवन जाने ?
खरो बोल्ने र काँग्रेस नेताहरुबाट नक्कली राष्ट्रबादी मानिने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन हानिएको एउटा महत्वपूर्ण कुरा के छ भने माओबादी केन्द्र र काँग्रेसबीच तालमेल भएपछि काँग्रेसबाट भड्किएका काँग्रेसी कार्यकर्ताहरुलाई एमालेतिर आकर्षण गर्ने उनको चाmबाजी हो अर्को प्रधानमन्त्री दाहालले नाताबाद कृपाबादमा फसेर आफ्नी छोरीलाई निर्बाचनमा भरतपूरको मेयु उठाएकोमा चित्त नबुझेका माओबादी कार्यकर्ताहरु र सर्बसाधारणहरुलाई पनि एमालेमा तान्ने उनको सोचाई हुन सक्छ,
तेस्रो कुरा भनेको देशभरि को नै स्थानीय तहको निर्बाचनमा आफ्नो बलिायो स्थीति रहेको दाबी गरेको एमालेको योजना अनुसार भरतपूरलाई महत्व दिदै अन्तिम दिदै उक्त स्थानमा कार्यक्रम राखेको हुन सक्छ ।

प्रधानमन्त्री दाहाल किन ?

स्पष्ट छ प्रधानमन्त्री दाहालको गृहजिल्लापनि हो चितवन, त्यसपछि पार्टीलाई नै बिर्सेर आफ्नी प्यारी सुपुत्रीलाई मेयरको उमेर्द्वार बनाएका उनी छोरीलाई मेयरमा जिताउन कुनै कशर बाँकी नराख्नेगरी चितवनतिर हानिएका हुन्् । प्रधानमन्त्री दाहालको माओबादी केन्द्रका कार्यकर्ताहरुले नाताबाद कृपाबाद भयो भनेर बिरोध गरेपनि अन्तिममा पार्टीको आधिकारिक उमेरद्वार उनै छोरी रेणुलाई नै बनाउन सफल भएका छन् ।

काठमाण्डौ, ललीतपूर, पोखरा र भरतपूर चारवटा माहानगर भएपनि अन्तिम दिनमा गरिएको आमसभामा उपस्थिति हुनु राजनीतिक रुपमा महत्वपूर्ण मानिन्छ । राजधानी बस्ने नेताहरुलाई काठमाण्डौ र ललीतपूरमा दैनिक कार्यक्रममा उपस्थित हुन सहज भएपनि पोखरा भन्दा भरतपूरलाई शीर्ष नेताहरुले महत्व दिए ।