समाचार

यसरी देउवाको नाम लिँदै एउटै शब्दले लज्जित पारिदिए अधिवक्ता भट्टराईले महान्यायाधिवक्ता श्रेष्ठलाई ! (भिडियो)

काठमाण्डौ । नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष टिकाराम भट्टराईले प्रधानन्यायाधीशविरुद्ध लागेको महाअभियोग प्रकरणमा सर्वोच्च अदालतको आदेश सबैले मान्नुपर्ने बताएका छन् । हिमालय टेलिभिजनबाट प्रसारण हुने पत्रकार ऋषि धमलाको हमला कार्यक्रममा बोल्दै भट्टराई सो कुराको दाबी गरेका हुन् । अधिवक्ता भट्टराईले पृथ्वीमा जबसम्म चन्द्र र सुर्य रहिरन्छ तबसम्म अदालतको आदेश मन्त्री,प्रधानमन्त्रीदेखि राष्ट्रपतिले समेत मान्नुपर्ने प्रस्ट पारेका छन् । कुनै पनि विषय अदालतमा प्रवेश गरेपछि न्यायिक दृष्टिकोणबाट फैसला हुने बताउँदै अधिवक्ता भट्टराईले केही दिनअघि सर्वोच्चले दिएको अन्तरिम आदेशलाई कसैले लत्याउन नहुने स्पष्ट पारेका छन् । कार्यक्रममा सरकारका कानुनी सल्लाहकार अर्थात महान्यायधिवक्ता रमन श्रेष्ठले महाअभियोग प्रस्तावको पक्षमा तर्क दिन खोजे पनि अधिवक्ता भट्टराईको तर्कमा उनले रक्षात्मक हुनुपरेको थियो ।

पत्रकार धमलाको आक्रामक प्रश्न र महान्यायाधिवक्ता श्रेष्ठको महाअभियोगको विषयलाई जोगाउने उद्धेश्यका साथ आएको जवाफमा अधिवक्ता भट्टराईको तार्किक प्रतिजवाफ आउँदा उनीहरु नाजवाफ हुन पुगेका थिए र लज्जित भएका थिए । सत्तारुढ दलका सांसदहरुले ल्याएको महाअभियोग प्रस्ताव न्यायालयमाथिको हमला भएको बताइरहँदा महान्यायाधिवक्ता श्रेष्ठले भने न्यायालय भन्दा राज्यका अन्य अंगहरु शक्तिशाली भएको तर्क दिएर घुमाउरो ढंगले महाअभियोग प्रस्तावको प्रतिरक्षा गर्न खोजेका थिए । तर केही वर्षअघि पत्रकार धमला, महान्यायाधिवक्ता श्रेष्ठ र कांग्रेस सभापति देउवामाथिनै लागेको अन्यायपूर्ण मुद्धाको विषयमा आफैले बहस गरेको र न्याय दिलाएको घटना स्मरण गर्नासाथ धमला र श्रेष्ठनै एक्कासि लज्जित र नाजवाफ भएका थिए । हेर्नुस् पूरा भिडियोः