पु.समाचार

मतगणनाबारे निर्वाचन आयोगले दियो यस्तो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणको मतदानलगत्तै मतगणना गर्ने जनाएको छ । दोस्रो चरणको निर्वाचनसम्म मतगणना पर्खिने कि नपर्खिने भन्ने द्विविधाबीच आयोगले दोस्रो चरणसम्म नकुर्ने स्पष्ट गरेको हो ।’वैशाख ३१ गते निर्वाचन सकिएर मतदानस्थलमा मतपेटिका पुगेपछि मतगणना सुरु हुन्छ’, निर्वाचन आयुक्त नरेन्द्र दाहालले भने ।

स्थानीय तह निर्वाचन ऐनमा ‘मतदान अधिकृतले गाउँपालिकारनगरपालिकाका वडाभित्रका सबै मतदानकेन्द्रका मतपेटिका मतदान अधिकृतबाट प्राप्त गरेपछि मतगणना कार्य सुरु गर्नेछ’ भन्ने व्यवस्था छ । ‘निर्वाचन ऐनको व्यवस्थाअनुसार मतगणना हुन्छ’, आयुक्त दाहालले भने ।

वुधबारको अन्नपूर्णमा लेखिएको छ, आयोगले वैशाख ३१ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतदानलगत्तै मतदान अधिकृतसमक्ष मतपेटिका पुर्याछउनुपर्छ । ‘साँझ ५ बजेसम्म मतदानको समय तोकिए पनि ५ बजेसम्म लाममा बसेकालाई मतदान गर्न दिने भएकाले थप समय लाग्न सक्छ’, आयोगका एक अधिकृतले भने, ‘जेठ ३१ गते निर्वाचनका कारण दिनभरिको थकाइ, मतपेटिका संकलन, गणना गर्ने स्थल छनोटलगायत प्राविधिक काम गर्नुपर्ने भएकाले जेठ १ गतेबाट सबै ठाउँमा गणना हुनसक्ने देखिन्छ । तर कुनै स्थानमा ३१ गतेको रातिबाट पनि मतगणना सुरु गर्न सकिन्छ ।’

प्रमुख विपक्षी एमालेले मतपेटिकाको सुरक्षाको प्रश्न उठाइरहेका बेला आयोगले मतदानलगत्तै मतगणना गर्ने जनाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बोलाएको बैठकमा पनि एमाले नेताहरूले मतदानलगत्तै मतपेटिका गणना गर्नुपर्ने माग गरेको थियो । ‘पहिलो र दोस्रो चरणको निर्वाचनबीच किन यति लामो ग्याप भनेर एमालेले बारम्बार प्रश्न गर्दै आएको हो’, एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले भने, ‘मतपेटिकाको सुरक्षाको प्रश्न गम्भीर रूपमा उठेकाले मतदानलगत्तै मतगणना गर्नुपर्छ भनेर हामीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौं।’

पहिलो चरणमा तीन प्रदेशका ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा ४९ हजार तीन सय ३७ जना उम्मेदवारले उम्मेदवारी दिएको आयोगले जनाएको छ । आयोगका अनुसार निर्वाचनमा ३० हजार पाँच सय पुरुष र १९ हजार तीन सय ३२ महिला उम्मेदवार बनेका छन् ।

पुरुषको ६०.८२ प्रतिशत र महिला ३९.१८४ प्रतिशत उम्मेदवारी परेको आयोगले जनाएको छ । आयोगले मनाङ, डोल्पालगायत केही हिमाली जिल्लाका मतपेटिका सम्बन्धित तहमा पुर्यााउन हेलिकोप्टरको प्रयोग गर्ने तयारी गरेको छ । ‘निर्वाचन सम्पन्न भएको तीन घन्टाभित्र मतदान अधिकृतको कार्यालयसम्म मतपेटिका पुर्यानउने तयारी छ’, आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘आवश्यक परे केही ठाउँमा हेलिकोप्टरबाट मतपेटिका ओसारपसार गर्नेछौं ।’ आयोगले मतपत्र र मतपेटिकाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ ।