आर्थिक

चुनावको मुखमा ह्वात्तै बढ्यो मदिराको खपत

काठमाडौं । दिनभरी भोट माग्न ब्यस्त हुने उम्मेदवारसंगै अकिांश दलका कार्यकर्ता साँझ परेपछि सहरका स-साना भटि छिर्छन् । अलिक पैसा हुने र उपल्ला तहका कार्यकर्ता भने गतिला र राम्रा रेष्टुरेन्ट पस्छन् ।  सिन्धुपाल्चोका, रामेछाप र सिन्धुलीका सदरमुकाम तथा स्थानीय स-साना बजार पल्लिो दिन यिनै ग्राहकले गुल्जार छन् ।

बुधबारको कान्तिपुरमा लेखिएको छ, स्थानीय होटल ब्यवायीका अनुसार चुनावमा दिन नजिकिदै जादा मदिराको खपत ह्वातै बढेको छ । मदिरा डिलर खपत सञ्चालक भन्छन्, मागअनुार पुर्याउँनै हम्मे छ । चुनाव नजिकै गर्दा दैनिक लाखौंको कारोबार हुन थालेको छ ।