पु.समाचार

चुनावमा यस्तो छ सुरक्षा निकायको अन्तारिक तयारी

काठमाडौं । ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको सुरक्षा तयारी पूरा गरी कार्यान्वयनमा आएको सरकारले जनाएको छ ।
तीन वटै सुरक्षा निकाय अहिले निर्वाचन हुने ३४ जिल्लाको मतदान केन्द्रमा पुगेर त्यहाँको वस्तुस्थिति मूल्याङ्कन गर्नुका साथै स्थानीय स्तरमा सुरक्षा निकायले गर्नुपर्ने रणनीतिक कार्य शुरु गरेको गृह मन्त्रालयले जनाएको छ ।

बुधबारको नेपाल समाचारपत्रमा लेखिएको छ, सरकारले चुनाव हुनुपूर्व अपनाउनुपर्ने सुरक्षा रणनीतिदेखि चुनाव हुने दिन र चुनाव सकिएपछिको रणनीतिसमेत बनाएर कार्यान्वयनमा ल्याएको छ ।

कुनै हिंसात्मक घटना भए त्यसको ढिलोमा २० मिनेटमा घटनास्थलमा थप सुरक्षा फैज पुग्ने गरी व्यवस्था मिलाएको सरकारले दाबी गरेको छ । थप मद्दत चाहिए हेलिकोप्टर समेत व्यवस्था गरिएको बताइएको छ ।