समाचार

यसरी पक्राउ परे चक्रे मिलन, सबै गुन्डालाई नियन्त्रणमा लिने प्रहरीको तयारी

काठमाडौं । निर्वाचन सुरक्षा दृष्टिगत गर्दै प्रहरीले गुन्डा नाइके चक्रे मिलनलाई पनि पक्राउ गरेको छ । उनलाई महाराजगन्जस्थित निवासबाट मंगलबार दिउँसो पक्राउ गरेको हो । बुधबारको अन्नपूर्णमा लेखिएको छ, यसअघि दीपक मनाङेलाई आइतबार ठमेलबाट पक्राउ गरेको थियो ।

प्रहरी स्रोतका अनुसार स्थानीय निर्वाचनमा गुन्डा नाइकेलाई हिरासतमा राख्ने प्रहरीको योजना छ । प्रहरीले केही सातायता उपत्यकाका टोले गुन्डादेखि डनसम्म सबैलाई निगरानीमा राखी नियन्त्रणमा लिइरहेको छ ।