राजनीति

यसरी एक्कासि स्थानीय चुनावका २ उम्मेद्वारको ज्यान गयो

काठमाडौं । चितवनमा स्थानीय निकायको चुनावका उम्मेदवारको मृत्यु भएको छ । कालिका नगरपालिका ११ मा खुल्ला तर्फको सदस्य पदका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको हो । सोमबार राति परेको चट्याङका कारण ३८ बर्षीय चेपाङको ज्यान गएको हो ।  यसैबीच, प्रचार प्रसारमा हिडेका कांग्रेस सल्यानमा पनि एक जना उम्मेदवारको मृत्यु भएको छ ।

बुधबारको अन्नपूर्णमा लेखिएको छ, मालिका कुमाखमालिका गाउँपालिका १ मा कांग्रेसका तर्फबाट सदस्यका उम्मेदवार दलबहादुर रानाको प्रचार प्रसारको क्रममा लडेर मृत्यु भएको हो ।