राजनीति

कसैप्रति पनि आग्रह र पुर्बाग्रह छैन – प्रधानन्यायाधीश कार्की

काठमाण्डौ । सर्बोच्च अदालतकी प्रधानन्यायाधीश शुशीला कार्कीले संबैधानिक अंगका जिम्मेवार ब्यक्तीहरुले दुश्मनी साँचन नहुने बताएकी छन् । मंगलबार सर्बोच्च अदालतको प्राङगणमा ६५ औं कानुन दिबशका अवशरमा गरिएको एक समारोहमा बोल्दै सर्बोच्च अदालत कानुनको अन्तिम ब्याख्या गर्ने ठाँउ भएको हुनाले आफूलै कसैप्रति आग्रह पुर्बाग्रह नराखीकन काम गर्ने बताएकी हुन् ।

प्रधानमनत्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्ती उपस्थिति नभएको उक्त कार्यक्रममा कानुनबिद तथा सर्बोच्च अदालतका न्यायधीशहरु लगायतका पाहुंनाहरुको बाक्लो उपस्थिति थिायो ।

संबैधानिक सर्बोच्चताको सिद्धान्त अनुसार न्यायालय अगाडी बढ्ने बताउदै आफूले न्याय दिन कुनै कशर बााकी नराख्ने उद्घोष गरेकी थिईन् । निकै भावुक मुद्रामा बिशेष कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश कार्कीले संबिधान कार्यान्वयन महत्वपूर्ण मुद्धा भएकोले त्यसको लागी राज्यका सबै संबैधानिक अंगहरु कृयाशील हुनुपर्ने बताएकी छिन् ।

उनले राजनीतिक दलहरु न्याय दिनलाई अझ शसक्त हुनपर्नेमा जोड दिदै आफूले न्यायमा पहुंच पुर्याउन लागी परेको खुलस्त गरेकी थिईन् ।