राजनीति

एमाले र माओबादी उमेर्द्वारले आचारसंहिता उलंघन गरेकोमा निर्बाचन आयोगले स्पष्टीकरण माग्यो

काठमाडौं । निर्वाचन आयोगले धादिङ जिल्लाको थाक्रे गाउँपालिकाका  एमालेका अध्यक्षका उम्मेदवार रामकुमार आचार्य र उपाध्यक्षका उम्मेदवारसमेतलाई निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको पाइएकाले २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ । आयोगको निर्णय यस प्रकार छ : ‘‘संवत् २०७४ साल बैशाख ३१ गते हुन गईरहेको स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारको सिलसिलामा एमाले राजनीतिक दलका थाके्र गाउँपालिकाका अध्यक्ष उम्मेदवार श्री राम कुमार आचार्यले उपाध्यक्ष पदका उम्मेदवार सहित मिति २०७४ साल बैशाख २५ गतेका दिन तीन ट्रक प्रचारक सहितको स्कारपियो गाडी, ब्यानर एवं दल र निर्वाचन चिन्ह सहितको टि–सर्ट सहित निर्वाचन आचार संहिता, २०७२ र स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ विपरीत मोटर साइकल ¥यालीसमेत निकाली निर्वाचन प्रचार–प्रसार गरेको कुरा यस आयोगका माननीय प्रमुख निर्वाचन आयुक्तज्यूले अनुगमनको क्रममा धादिङ सिम्लेमा स–प्रमाण फेला पारी तत्काल ¥याली रोक्ने कार्यसमेत भएको हुँदा निर्वाचन आचार संहिता विपरीत काम कारवाही गरेको कसूरमा हदैसम्मको कारवाही किन नगर्ने ? कारबाही गर्नु नपर्ने कुनै कारण भए प्रस्तुत पत्र प्राप्त भएको मितिले चौबीस घण्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्नु हुन आदेशानुसार अनुरोध छ ।’’

चौबीस घण्टाभित्र आधार प्रमाणसहित स्पष्टीकरण पेश गर्न निर्देशन
निर्वाचन आयोगले ने.क.पा. (माओवादी केन्द्र) का सचेतक माननीय श्री सीता नेपालीले आयोगका प्रवक्ताको भनाइ भन्दै आफ्नो फेसबुकको स्टाटसमा पोष्ट गरेको विषयलाई लिएर निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्ने विषयमा हदैसम्मको कारवाही किन नगर्ने भनी २४ घण्टाभित्र आधार प्रमाणसहित स्पष्ट विवरण पेश गर्न निर्देशन दिएको छ । आयोगको निर्णय यस प्रकार छ स: ‘‘संवत् २०७४ साल बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका सिलसिलामा “माओवादी केन्द्रका सचेतक माननीय श्री सीता नेपालीले निर्वाचन आयोगका प्रवक्ताका अनुसार अहिलेसम्म निर्विरोध सदस्य’’ भन्ने व्यहोरा उल्लेख गर्दै ‘‘माओवादी केन्द्र–१४५, कांग्रेस–१३५, एमाले–२५, राप्रपा–२, नयाँ शक्ति–१ भनी राखेको तथ्याङ्क सम्बन्धमा छानबिन गर्नुपर्ने” भनी फेसबुक पेजको प्रिन्टसमेत संलग्न गरी आयोग समक्ष उजुरी प्राप्त भएको हुँदा फेसबुकमार्फत गलत सूचना सम्पे्रषण गरेको देखिन आएकाले तपाईंलाई निर्वाचन आचार संहिता उल्लंघन गरेतर्फ हदैसम्मको कारवाही किन नगर्ने ? कारवाही नगर्नु पर्ने कुनै कारण भए यो पत्र बमोजिमको सूचना प्राप्त भएका मितिले २४ घण्टाभित्र आधार प्रमाण सहित स्पष्ट विवरण पेश गर्नुहुन’’ भन्ने उल्लेख छ ।