राजनीति

यसरी बन्दैछन् शेरबहादुर देउवा प्रधानमन्त्री पुकदाको सहयोगमा, एमाले पुनःजिल्ल पर्ने

काठमाण्डौ । तेस्रो पार्टी भएपनि माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाली काँग्रेसको समर्थन र केहि साना पार्टीहरुको सहयोगमा नेपालको प्रधानमन्त्री बने । काँग्रेस सभापति शेरबहादुर देउवालाई नौ महिनापछि प्रधानमन्त्री दिने भनेर सहमती गरेका प्रधानमन्त्री दाहालको नौ महिना सकिदापनि शेरबहादुर देउवाले पदका लागी हतार गरिरहेका छैनन् बरु प्रधानमन्त्रीलाई साथमा लिईरहन सर्बश्वसहित जन्मकैदको फैसला पाएका बालकृष्ण ढुंगेललाई ७ दिनभित्र पक्राउ गर्न आदेश दिएकी शुशीला कार्कीलाई माहाअभियोग लगाउने प्रधानमन्त्रीको प्रस्तावलाई समेत माने । उक्त प्रस्तावका बिरुद्धमा सर्बोच्च अदालतमा रिट परेर शुशीला पुनः हाजिर भएपनि माहाअभियोग प्रस्ताव आफैंमा सामान्य होईन ।

यस्तै माहाअभियोग केहि महिना अगाडी तत्कालीन अख्तियार दुरुपयोग अनुसंधान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई अहिलेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र माओबादी केन्द्रले लगाएको थियो । त्यस माहाअभियोगको बिषयमा समेत पार्टीहरुबीच आन्तरीक छलफल हुंदाहुंदै सर्बोच्च अदालतले नै प्रमुख आयुक्त कार्कीलाई अयोग्य भन्दै हटाईदिईन् हाल लोकमानसिंह कार्की नेपाल बाहिर भएको बताईन्छ ।
प्रधानन्यायाधीश शुशीला कार्कीलाई माहाअभियो लगाउनु गलत होस या सही तर प्रकृयागत हिसाबले माहाअभियोग संबिधानसंबत नै थियो । संबिधान सम्बत् निर्णयलाई समेत सर्बोच्च अदालतका बरिष्ठतम् न्यायधीश चोलेन्द्र शम्सेरको एकल ईजलासले शुशीला कार्कीलाई हाजिर हुन् आदेश दियो ।  माओबादी र काँग्रेसका केहि नेताहरुले ब्यापक बिरोध गरेर चोलेन्द्र शम्सेरलाई जेल हाल्ने बताएपनि यसमा राजनीतिक नेतृत्व मौन बस्नु उनीहरुका लागी राम्रो देखिन्छ ।
हाल शुशीला कार्की सर्बोच्च अदालतकी प्रधानन्यायाधीशको रुपमा हाजिर गरिरहेकी छिन् ।
स्थानीय तहको निर्बाचन आउन केहिदिनमात्र भएका कारण निर्बाचनलाई अशर नपार्नका लागी काँग्रेस र माओबादीले दर्ता गरेको माहाअभियोग लाई फेल गराउने न्यायाधीश चेलेन्द्र शम्सेर राणाका बिरुद्धमा सभामुखले पाएको अधिकार अनुसार कारबाही अगाडी नबढाईएको राजनीतिकबृतमा चर्चा छ ।
राजनीतिक रुपमा शेरबहादुर देउवा र प्रधानमन्त्री दाहालका बिरुद्ध लागेको देखिने निर्णयहरु गरिरहेकी प्रधानन्यायाधीश कार्कीका निर्णयहरुले प्रमुख प्रतिपक्षी दल एमालेलाई सहयोग गरिरहेको जस्तो देखिन्छ, उनले सहयोग गरेको हो या निश्पक्ष निर्णय गरेकी हुन् त्यो भने उनलाई नै थाहा होला ।
माहाअभियोग काण्ड भन्दा अगाडी कानुनअनुसार काँग्रेस सभापति शेरबहादुर देउवा डीआईजीपी जयबहादुर चन्दलाई आईजीपी बनाउन चाहान्थे । नेपालमा हर क्षेत्रमा चल्ने भागवण्डा अनुसार शसस्त्र प्रहरीको आईजीपी माओबादी केन्द्रले पाउने र गृहमन्त्री काँग्रेसको भएका कारण जनपदको आईजीपी काँग्रेसले पाउने सरकार घटक दलहरुको सहमती बमोजिम सिंहबहादुर श्रेष्ठलाई शसस्त्रको आईजीपीमा नियुक्त गरियो भने जनपदमा जयबहादुर चन्दलाई नियुक्त गरियो । काँग्रेस सभापति शेरबहादुर देउवाको डीआईजीपी जयबहादुर चन्दलाई आईजीपी बनाउने ईच्छा भएपनि प्रधानमनत्री र गृहमन्त्रीले बनाएको देखिन्थ्यो । सरकारमा आईजीपी बनाउने मूख्य भुमिकामा उनीहरु नै छन् ।
आखिरिमा सर्बोच्च अदालतले सपथ नै खान नपाईकन जयबहादुर चन्दलाई आईजपी हुनबाट सर्बोच्च अदालतले रोक्यो । सर्बोच्च अदालतमा म सिनियर भएकोले आईजीपी बनाईपाउ भन्दै निबेदन हाल्न गएका नवराज सिलवाललाई नभई अर्का डीआईजीपी प्रकाश अर्याललाई सिनियर दैखाउदै सरकारले आईजीपी बनायो । सबैभन्दा बढी नम्मर देखाउदै प्रकाश अर्याललाई आईजीपी रोकेर आफैं आईजीपी बन्नुपर्ने माग गर्दै पुनः सर्बोच्च अदालतमा निबेदन हाल्न गएका नवराज नबराज सिलवाल हाल नम्मर चढाउदा झुटो भएको भन्दै बिबादमा तानिएका छन् । चाहे फेल होस चाहे पास होस आईजीपी केश, माहाअभियोग केशमा बलियो सहकार्य गरेका काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री दाहाल बैसाख ३१ गतेको निर्बाचनका लागी ४ माहानगरपालीकामा निर्बाचन तालमेलबाट झनै मित्रता बढेको देखिन्छ ।
स्थानीय तहको निर्बाचनमा प्रधानमन्त्रीले आफ्नी छोरी रेणु दाहाललाई भरतपूरको मेयरमा उठाएका छन्, त्यसलाई काँग्रेस सभापति शेरबहादुर देउवाले सपोर्ट गरेका छन् भने काँग्रेसबाट काठमाण्डौमा राजुराज जोशी, ललीतपूरमा चिरिबाबु महर्जन र पोखरामा रामजी कुंवरलाई मेयरमा माओबादी केन्द्रले सपोर्ट गरेको छ । ललीतपूरमा माओबादी केन्द्रले फिर्ता नलिएपनि समर्थन भने काँग्रेसलाई रहेको बताएको छ ।
सोमबारमात्र फोरम लोकतान्त्रीकका अध्यक्ष बिजय गच्छेदार उपप्रधानमन्त्रीसहित सपथ लिएका छन्, राप्रपा भने सपथ लिन खोजेपनि नयाँ सरकारसंग लिने कि अहिल्यै लिने भन्ने कन्फ्युज भएको राप्रपाका एक नेताले सुर्यखबरलाई बताए ।

अन्तिम राजनीतिक घटनाक्रमलाई हेर्दा राजनीतिमा खारिदै गएका प्रधानमन्त्री पुष्पकमल दाहालले एक हप्ताभित्र प्रधानमनत्रीका लागी पूर्बसहमती अनुसार काँग्रेससभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बनाउने आँकलन गलत हुने छैन । उनीहरुको ब्यक्तीगत सम्बन्ध झाँगीदै गएको देखिन्छ । उक्त सम्बन्ध त्यति सजिलै कसैले तोड्नसक्ने अवस्था छैन ।
कमल थापा लगायतका नेताहरुलाई फकाउदै गरेका एमाले अध्यक्ष केपी ओली लगायत प्रमुख प्रतिपक्षी दल एमालेको पछि लागेर पदमा पुगीएला भन्ने सोचका साना पार्टीहरु पनि जिल्ल पर्ने अनुमान लगाईन्छ ।