अन्तर्राष्ट्रिय

जर्मनीमा मर्केलको दललाई बहुमत

एजेन्सी । जर्मन चान्सलर एन्गेला मर्केलको क्रिश्चियन डेमोक्रोटिक युनियन (सिडियु) जर्मनीको सुदुरपूर्वीले राज्य सेलेस्वी होलस्टेइनमा प्रष्ट बहुमत प्राप्त गरेको छ । होलस्टेइनमा आइतबार सार्वजनिक भएको औपचारिक निर्वाचन परिणाम अनुसार मर्केलको दल सिडियुले ३२ प्रतिशत मत प्राप्त गरेको बताइएको छ । यो सन् २०१२ मा भएको निर्वाचनको परिणाम भन्दा १.२ प्रतिशत बढी हो । सन् २०१२ मा सिडियुले सो क्षेत्रबाट जम्मा ३०.४ प्रतिशत मत प्राप्त गरेको थियो ।

त्यसैगरी सो क्षेत्रमा सोसल डेमोक्रेट ले २.७२ प्रतिशत ल्याएको छ भने अल्तरनेटिभ फर जर्मनी ले ५.० प्रतिशत मत प्राप्त गरेका छन् ।निर्वाचनमा विजय भएसँगै सिडियुले सो राज्यको सरकारको नेतृत्वमा प्रसिद्ध नेता डेनियल गोएन्थरलाई पठाउने निर्णय गरेको छ । विजयपछि गोएत्थरले यथास्थितिवादी गठबन्धनलाई हराएर आफ्नो दललई विजय गराउनुमा यहाँका जनताले विकासको नयाँ सुरुवाट खोजेको आफुले बुझेको प्रतिक्रिया दिएका छन् ।