पु.समाचार

चुनावको मुखमा उपेन्द्र यादवले दिए कडा धम्की !

वीरगन्ज । वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिएको संघीय समाजवादी फोरम नेपालले मधेसमा भने चुनाव हुन नदिने दाबि गरेको छ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमार्फत मधेसका माग पुरा नभएसम्म मधेसमा चुनाव हुन नदिने चेतावनी बताएका छन् ।

मंगलबारको अन्नपूर्णमा लेखिएको छ, वीरगन्जमा फोरम नेपालका शीर्ष नेताहरुको उपस्थितिमा सोमबार आयोजित एक दिने गोष्ठीलाई सम्बोधन गर्दै यादवले संविधान संशोधन नभए दोस्रो चरणमा हुने भनिएको चुनावमा फोरम नेपालले भाग नलिने र चुनाव पनि हुन नदिने दाबि गरे । मधेसको माग सम्बोधन नभएसम्म आफुहरुको आन्दोलन जारी नै रहने उनको भनाइ छ ।

उनले भने,‘ जबसम्म संविधान संशोधन हुँदैन तबसम्म मधेसमा चुनाव हुन दिन्नौं। यदि मधेसमा चुनाव भएन भने अहिले पहाडमा भएका चुनावको पनि कुनै अर्थ रहँदैन।’