पु.समाचार

नेपाल–भारत सीमा बन्द हुने

काठमाडौं । पहिलोचरणको स्थानीय तहको निर्वाचन हुने भारतसँग सिमाना जोडिएका प्रदेशको सीमा ७२ घण्टा बन्द हुने भएको छ । गृह मन्त्रालयले निर्वाचन हुने जिल्लाको सीमा मात्र सिल गर्ने निर्णय गरेको छ ।

मंगलबारको अन्नपूर्णमा लेखिएको छ, पहिलो चरणमा तराईका चितवन र नवालपरासीका केही भागमा निर्वाचन हुँदैछ । यसरी पहिलो चरणमा निर्वाचन हुने दार्चुलाको पनि भारतसँग सिमाना जोडिएका करण त्यहाँको सीमा पनि बन्द हुनेछ ।