राजनीति

गगन, नबिन्द्र र जनार्दनलाई जनतालेमात्र होईन नेताले प्रशंसा गर्न थाले, यसो भने डा.लोहनीले एकाबिहानै

काठमाण्डौ । आइतबार उद्योगमन्त्री नबिन्द्रराज जोशीले ७ बर्षदेखि पूर्ण रुपमा बन्द भएको नेपाल औषधी लिमिटेडलाई पुनउत्थान दिएका छन् । झण्डै १५ करोडको ऋणमा संचालन गर्न लागीएको उद्योगले मुलुकको सरकारले संचालन गर्ने उद्योगधन्दामा महत्वपूर्ण अर्थ राख्छ ।
यसै बिषयलाई लिएर पूर्ब अर्थमन्त्री समेत रहेका एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले सह्रानीय कामको रुपमा टीप्पणी गरेका छन् । नेपालमा कोही बेरोजगार हुनुपर्दैन भन्ने अभियान संचालन गर्दै बिश्वभर कार्यक्रमहरु लिएर हिंडिरहेका मन्त्री जोशीले गरेको १५ वटा भन्दा बढी सीटामोल लगायतका औषधी ३ महिनाभित्र उत्पादन गर्ने गरि गरिएको उद्घाटन कामको शुरुवाती हो ।

मात्र सम्भाबना के छ भने मन्त्री जोशीले कर्मचारीका रुपमा काम गर्नेमान्छेलाई नियम बनाएर नियुक्ती दिउन् । काँग्रेस कार्यकर्ताभर्ती केन्द्र नहोस औषधी ब्याबस्था बिभाग । अर्थबिद प्रकाशचन्द्र लोहनीले प्रशंशामात्र गरेनन् काँग्रेसकै कारण उक्त औषधी लिमिटेड बन्द भयो, र खुशी लागने कुरा नबिन्दराज जोशीले उद्योग खुलाए उनी बधाईका पात्र हुन् भनेर लोहनीले भनेका छन् ।

कोहीपनि पैसा नभएर उपचारबाट बंचित हुनुपर्दैन भन्दै स्वास्थ्य क्षेत्रको शल्यकृयामा लागेका युवा नेता तथा स्वास्थ्यमन्त्री गगन थापा, देशभर लोडसेडिगंमुक्त गर्ने अभियानमा लागेका कुलमान घिसिंगलाई ब्याक सपोर्ट गर्ने उर्जामन्त्री जनार्दन शर्मा र बेरोजगारमुक्त मुलुक बनाउने अभियानमा लागेका उद्योगमन्त्री नबिन्दराज जोशी जुनसुकै राजनीतिक आस्थामा लागेका हुन् नेपाली जनताले धन्यबाद दिएका छन् ।

डा. लोहनीलेमात्र होईन हजारौं हजार संसारभर रहेका नेपालीहरुले यी तीन बिभागीय जिम्मेवार सम्हालेका ब्यक्तीहरुलाई जनताले स्यालेट हानिरहेका छन् । यसैलाई भन्छन् जनता जनार्दन, उनीहरुले माओबादीका नेता जनार्दन शर्मा भनेनन्, काँग्रेसका नेता भनेनन् जनताले मात्र भने उनीहरुले काम राम्रो गरे हामी काम राम्रो गर्नेका साथमा हुनेछौं । काम गर्ने कुलमानलाई दह्रिलो साथ जनार्दन शर्माले दिएको छन् त्यसलाई पनि कम आंकलन गर्न मिल्दैन ।
अब उनीहरुलाई जनतालेमात्र नभएर स्थपीत र अर्को पार्टीका नेताले समेत प्रशंसा गर्नलाल्नु राजनीतिमा केहि स्वच्छता आउन थालेको बुझ्न सकिन्छ ।