समाचार

कोटेश्वरमा एक युवतीको हत्या

काठमाडौं । कोटेश्वरको एक गेस्टहाउसमा युवतीको हत्या भएको छ । आकासेपुलस्थित होटेल होम गेस्टहाउस एन्ड रेस्टुरेन्टमा काभ्रे महांकालचौर-८ घर भएकी २८ बर्षीया लक्ष्मी तामाङको हत्या भएको हो ।

सोमबारको नयाँ पत्रिकामा लेखिएको छ, होटेलमै बसेका विष्णु सापकोटाले उनको त्या गरेको प्रहरी आशंका छ । सापकोटाले आइतबार बिहान केही समय एयरपोर्ट गएर आउने बताएका थिए । तर दिउँसो नआएपछि उनी बसेको कोठा खोलेर हेर्दा तामाङको शव भेटिएको हो । शवमा निलडाम रहेकाले हत्या नै गरिएको प्रहरीले जनाएको छ ।