राजनीति

काँग्रेसका तर्फबाट दोलखा, रामेछाप र सिन्धुलीका नगर हाक्ने रथीहरू कस्ता छन् ?

दोलखा । स्थानीय तहको निर्बाचनले कसलाई चाँही नछोएको होला, अब निर्बाचन आउन केहि दिनमात्र बाँकी छ, निर्बाचन हुदैन भन्ने शक्तिहरु पनि निर्बाचनमा भाग लिईरहेका छन् भने निर्बाचन गराउन कम्मर कस्सीएर लागेका पार्टीहरु नेपाली काँग्रेस, माओबादी केन्द्र लगायतका सरकार घटक दलहरु र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रतिपक्षी दलहरु राप्रपा, फोरम लोकतान्त्रीक लगायतका मूख्य दलहरु आफ्ना उमेर्द्वारलाई जिताउन कम्मर कस्सीएर लागेका छन् । यसैबीचमा नेपाली काँग्रेसका तर्फबाट दोलखा, रामेछाप र सिन्धुलीका नगर हाक्ने रथीहरू कस्ता छन् ? पढ्ने कि ।

दोलखा
भिमेश्वर नगरपालिका
ईश्वरनारायण मानन्धर
दोलखाको भिमेश्वर नगरपालिकाका लागि नेपाली कांग्रेसले ईश्वरनारायण मानन्धरलाई प्रमुखको उम्मेदवार बनाएको छ ।
मानन्धर २०४२ सालबाट नेपाली कांग्रेसमा आवद्ध भई त्यसयता पार्टीको नेतृत्वमा भएका हरेक आन्दोलनहरूमा सक्रियताका साथ सहभागी रहनु भएको रहनु भएको छ । उहाँले नेविसंघको सदस्यका रूपमा राजनीतिमा प्रवेश गरेर तरुण दलको जिल्ला कार्य समिति सदस्य हुँदै अध्यक्ष, केन्द्रीय सदस्य, त्यसपछि सचिवको जिम्मेवारी निभाउनु भएको छ ।

उहाँ पार्टीको दशौं महाधिवेशन पश्चात लगातार महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको रुपमा रहदै आउनुभएको छ । उहाँ १३ औं जिल्ला अधिवेशनमा पार्टी सभापतिको प्रत्यासी हुनुहुन्थ्यो । उहाँले २०५४ सालको स्थानीय निर्वाचनमा वडा सदस्य चुनाव लड्नुभएको थियो ।

शारदा थापा
नेपाली कांग्रेसले भिमेश्वर नगरपालिकाको उपप्रमुखमा शारदा थापालाई अघि सारेको छ । लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहेर पनि उहाँले कुनै राजनीतिक भूमिका पाउनुभएको थिएन । महिला नेतृ थापा सामाजिक क्षेत्रमा लोकप्रिय हुनुहुन्छ ।

जिरी नगरपालिका
सोनाम शेर्पा
नेपाली कांग्रेसले सामाजिक रुपमा लोकप्रिय नेता सोनाम लामालाई जिरी नगरपालिकाको प्रमुखमा उम्मेदवार बनाएको छ ।
राजनीतिका अलवा उनी व्यापार व्यवसायमा आवद्ध छन् । शेर्पा उद्योग बाणिज्य संघ दोलखाको प्रथम उपाध्यक्ष हुनुहुन्छ । तरुण दलबाट राजनीति थाल्नुभएको शेर्पा हाल पार्टीको कार्यबहाक नगर सभापति हुुनुहुन्छ ।

लिलामायँ जिरेल
जिरी नगरपालिकामा नेपाली कांग्रेसले लिलामायाँ जिरेललाई उपप्रमुख उम्मेदवार तय गरेको छ ।
उनी सामाजिक संघ संस्था र महिला सञ्जालमा सक्रिय हुनुहुन्छ ।

रामेछाप
मन्थली नगरपालिका
बिनोद कार्की
रामेछापको मन्थली नगरपालिकाको प्रमुख पदको उम्मेदवारमा नेपाली कांग्रेसले विनोद कार्कीलाई अघि सारेको छ ।
कार्की विद्यार्थी कालमा नेवि संघमा सक्रिय हुनुहुन्थ्यो ।
उहाँ पार्टीको क्षेत्रीय सभापति हुनुहुन्छ । कार्कीले प्रहरीको जागिर छोडेर राजनीतिमा आउनुभएको हो ।

गंगा अधिकरी
गंगा अधिकारीलाई नेपाली कांग्रेसले मन्थली नगरपालिकामा उपप्रमुख बनाएको छ । उहाँले नेपाल विद्यार्थी संघको राजनीतिबाट आफूलाई स्थापित गर्नुभएको हो ।
हाल उहाँ पार्टीको महासमिति सदस्य र महिला संघको जिल्ला अध्यक्ष हुनुहुन्छ । उहाँले स्नाकोत्तरसम्मको अध्ययन गर्नुभएको छ ।

रामेछाप नगरपालिका
नरबहादुर थापा मगर
नरबहादुर थापा मगरलाई नेपाली कांगे्रसले रामेछाप नगरपालिकाको प्रमुखमा उम्मेदवार बनाएको छ ।  मगरले २०३६ सालबाट नेपाल विद्यार्थी संघमा आवद्ध हुँदै नेपाली कांग्रेसमा सक्रियता बढाएको हो ।

थापामागर पार्टीको रामेछाप जिल्ला कार्यसमिति सदस्य, दुई पटक महाधिवेशन प्रतिनिधि र पार्टीको भातृ संगठन राष्ट्रिय मगर संघको केन्द्रीय सदस्यको जिम्मेवारी पनि वहन गरिसक्नुभएको छ ।

थापमागर सुकुम्बासी आयोगको रामेछाप जिल्लाका उपाध्यक्ष समेत रहनु भएको थियो साथै स्थानीय सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षका रूपमा सक्रिय हुनुहुन्छ । द्वन्द्वकालमा माओवादीले उहाँँको सम्पत्ति कब्जा गरेपछि केही समय विस्थापित रहनुभएको थियो ।

सिर्जना खड्का
रामेछाप नगरपालिकामा नेपाली कांग्रेसले सिर्जना खड्कालाई उपप्रमुख उम्मेदवार बनाएको छ । उहाँ नेवि संघको सक्रिय राजनीति गर्नुका साथै पार्टीको जिल्ला सदस्यको समेत जिम्मेवारीमा रहेर काम गर्नुभएको छ । खड्का सामाजशास्त्र र कानूनकी विद्यार्थी हुन् ।

सिन्धुली
कमलामाई नगरपालिका
उपेन्द्र पोखरेल
नेपाली कांग्रेसले सिन्धुलीको कमलामाई नगरपालिकामा उपेन्द्र पेखरेललाई प्रमुख पदको उम्मेदवार बनाएको छ ।
उहाँले नेपाल विद्यार्थी संघको जिल्ला सदस्य, जिल्ला सचिव हुदै पार्टीको जिल्ला सदस्य ,सचिवको र महाधिवेशन प्रतिनिधिको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । हाल पार्टीको महासमिति सदस्य हुनुहुन्छ । पोखरेल २०५४ सालको स्थानीय निर्वाचनमा वडा नम्बर ५ को वडाध्यक्ष भएका थिए ।

सुशीला थिंङ
सिन्धुलीको कमलामाई नगरपालिकामा नेपाली कांग्रेसले सुशीला थिंङलाई उपप्रमुखको उम्मेदवारमा चयन गरेको छ ।
उहाँ सिन्धुली बहुमुखी क्याम्समा ने वि संघको तर्फबाट कोषाध्यक्ष निर्वाचित हुनुहुन्थ्यो । उहाँको शिक्षक संघ र महिला संघमा पनि उत्तिकै सक्रियता थियो । उहाँ १२ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि र हाल महासमिति सदस्य हुनुहुन्छ् । जिल्लामा महिला सचेतना कार्यक्रमा सक्रिय हुनुहुन्छ ।

दुधौली नगरपालिका
गंगा दाहाल

सिन्धुलीको दुधौली नगरपालिकामा नेपाली कांग्रेसले गंगा दाहाललाई प्रमुख पदकोे उम्मेदवार बनाएको छ ।
२०५७ सालमा नेपाली कांग्रेसमा आवद्ध दाहाल त्यसयता पार्टीका सम्पूर्ण गतिविधिमा सक्रिय रहदै आउनुभएको छ । दाहाल महिला संघको जिल्ला अध्यक्षदेखि पार्टीको दुई पटक महाधिवेशन प्रतिनिधि रहनु भएको छ । उहाँ महिला मानव अधिकार सञ्जाल सिन्धुलीको अध्यक्ष र लोकतान्त्रिक एकता महासंघ सिन्धुलीको अध्यक्ष हुनुहुन्छ ।

चेतनारायण दनुवार अधिकारी
दुधौली नगरपालिकामा नेपाली कांग्रेसले चेतनारायण दनुवार अधिकारीलाई उपप्रमुख उम्मेदवार बनाएको छ ।
अधिकारीले आर आर क्याम्पस जनकपुरबाट नेपाल विद्यार्थी संघको राजनीति सुरु गर्नुभएको थियो । उहाँ सिर्थौली गाउँ इकाई समितिको दुई कार्यकाल सभापति भएका व्याक्ति हुनुहुन्छ ।