पु.समाचार

नेपाली काँग्रेस दैलेखका नगरपालिका हाँक्ने  नगरप्रमुख र उपप्रमुखहरुको अनुहार हेरौं

ललितपुर । नेपाली कांग्रेसले दैलेख जिल्लाका नगरपालिका हाँक्न पार्टीका तर्फबाट प्रस्तुत गरिएका उम्मेद्वारहरुको वैयक्तिक विवरण सार्वजनिक गरेको छ । कांग्रेसकाे ईतिहासमा महत्वपूर्ण भूिमका खेल्ने ६ नम्मर प्रदेशकाे दैलेख  जिल्लामा कस्ता पृषठभूिम भएका उमेर्रद्वारहरूलाइर् काँग्रेसले मैदानमा उतारेकाे छ त ?

नारायण नगरपालिका
मणिराम रेग्मी, नगरप्रमुखका उम्मेद्वार
दैलेखको नारायण नगरपालिकामा नेपाली कांग्रेसले मणिराम रेग्मीलाई नगरप्रमुखको उम्मेदवार बनाएको छ । २०३६ सालको जनमत संग्रहदेखि राजनीतिमा संलग्न रहदै आउनुभएका रेग्मी २०४५ सालको जनआन्दोलनका क्रममा पक्राउ परी प्रहरी हिरासतमा बस्नु भएको थियो । २०५४ को स्थानीय निर्वाचनमा पनि नगरप्रमुखको उम्मेद्वार बन्नुभएका रेग्मीलाई आमाको किरिया बसेको बेलामा २०५७ सालमा माओवादी कार्यकर्ताहरुले अपहरण गरेर चरम शारीरिक र मानसिक यातना दिइ एक महिनापछि छोडेको थियो । पार्टीको अञ्चल समन्वय समिति सदस्यको जिम्मेवारी समेत सम्हालि सक्नुभएका लामो समय पार्टीको जिल्ला सचिव पनि रहनुभएको थियो । उहाँ २०५१ सालदेखि हालसम्म पार्टीको महासमिति सदस्य रहदै आउनुभएको छ ।

बासना थापा, उपप्रमुख उमेद्वार
नेपाली कांग्रेसले नारायण नगरपालिकामा महिला नेतृ बासना थापालाई उप–प्रमुखको उम्मेदवार बनाएको छ । उहाँ सक्रिय युवा रजनीतिकर्मी हुनुहुन्छ । २०६९ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भएर सक्रिय राजनीतिमा प्रवेश गर्नुभएकी थापाले नारायण क्यापस दैलेखको स्ववियु सभापतिको जिम्मेवारी कुशलतापूर्वक सम्हालि सक्नुभएको छ । उहाँ हाल पार्टीको महाधिवेशन प्रतिनिधि पनि हुनुहुन्छ । लायन्स क्लव, उद्योग वागिज्य संघ र नारी उत्थानका क्षेत्रमा विभिन्न संघ ÷संस्थामा रहेर सामाजिक क्षेत्रमा सक्रिय रहनुभएकी थापा जिल्ला अस्पताल विकास समितिको अध्यक्ष समेत रहनुभएको छ ।

दुल्लु नगरपालिका
घनश्याम भण्डारी ,नगरप्रमुख उम्मेद्वार

नेपाली कांग्रेसले दैलेखको दुल्लु नगरपालिकामा घनश्याम भण्डारीलाई नगरप्रमुखको उम्मेद्वार बनाएको छ । उच्च माध्यमिक तहमा अध्ययनरत रहदा २०५४ सालमा नेपाल विद्यार्थी संघको इकाई समितिबाट राजनीति सुरु गर्नु भएका भण्डारी २०५९ मा काठमाडौंका रत्नराज्यलक्ष्मी क्याम्पसको इकाइ सचिव बन्नुभएको थियो । २०६१ मा प्रेस युनियनको दैलेख जिल्ला सभापतिको समेत जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएका भण्डारी २०६२÷६३ को आन्दोलनमा जिल्लामा सक्रियतापूर्वक सहभागी हुनुुभएको थियो । हाल नेपाली कांग्रेस दैलेख क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहनु भएका भण्डारी शहीद परिवारका सदस्य पनि हुनुहुन्छ । उहाँका बुबा पूर्णबहादुर भण्डारीलाई माओवादी कार्यकर्ताहरुले २०५९ मा विभत्स तरिकाले हत्या गरेका थिए ।

कृष्णाकुमारी शाही , उपप्रमुख उम्मेद्वार
नेपाली कांग्रेसले दुल्लु नगरपालिकामा महिला नेतृ कृष्णाकुमारी शाहीलाई उप–प्रमुखको रुपमा अघि सारेको छ । २०५१ सालमा कांग्रेसको क्रियाशील सदस्य लिनुभएकी शाही यस अघि महिला संघको केन्द्रीय प्रतिनिधि र पार्टीको क्षेत्रीय प्रतिनिधि हुनुहुन्थ्यो । तात्कालिन मालिका गाउँ इकाई सभापतिको जिम्मेवारीमा रहनु भएकी उहाँ जिल्लाकै एक मात्र महिला सभापति हुनुहुन्थ्यो । हाल उहाँ नगर सहसभापति हुनहुन्छ । शाहीका बुबा २००७ सालको प्रजातान्त्रिक आन्दोलनका योद्धा पनि हुनुहुन्थ्यो ।

चामुण्डा विन्द्रासैनी
गणेशकुमार शाही, नगरप्रमुख उम्मेद्वार
नेपाली कांग्रेसले दैलेखको चामुण्डा बिन्द्रशसैनी नगरपालिकामा गणेशकुमार शाहीलाई नगरप्रमुखको उम्मेदवार बनाएको छ । नेपाल विद्यार्थी संघ उच्च मावि इकाई सभापति हुदै जिल्ला उपसभापतिको जिम्मवारी सम्हालिसक्नु भएका शाही हाल तरुण दलको केन्द्रीय प्रतिनिधि र पार्टीको जिल्ला सदस्य हुनुहुन्छ । समाजशास्त्र र राजनीतिशास्त्रमा त्रिभूवन विश्वविद्यालयबाट स्नाकोत्तर गर्नु भएका शाही जिल्लाका दर्जनौं संघ संस्थामा आबद्ध रही सामाजिक सेवाको क्षेत्रमा पनि सक्रिय रहदै आउनुभएको छ ।

इन्द्राकुमारी शाही , उपप्रमुख उम्मेद्वार
नेपाली कांग्रेसले दैलेखको चामुण्डा विन्द्राशैनी नगरपालिकामा इन्द्राकुमारी शाहीलाई उप–मेयरको उम्मेदवमर बनाएको छ । उहाँले नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गुर्न भएको हो । पद्म कन्या क्याम्पसमा अध्ययनरत रहदा ने वि संघको राजनीतिमा सक्रिय रहनुभएकी शाही सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।

आठबीस नगरपालिका
प्रेमप्रकाश शाही , नगरप्रमुख उम्मेद्वार
दैलेखको अठबीस नगरपालिकामा नेपाली कांग्रेसले प्रेमप्रकाश शाहीलाई नगरप्रमुखको रुपमा अघि सारेको छ । २०४६ सालदेखि नेपाली कांगे्रसको राजनीतिमा संलग्न रहदै आउनुभएका शाही २०६२/०६३ को आन्दोलनमा घाइते हुनुका साथै ११ दिन काठमाडौंको हिरासतमा बस्नु भएको थियो । आन्दोलनकै क्रममा १३ दिन दैलेखको प्रहरी हिरासतमा पर्नुभएका प्रेमप्रकाशले नेवि संघको मावि इकाई समितिबाट राजनीति यात्रा सुरु गर्नु भएको थियो । नेवि संघको कालिकोट र दैलेखको जिल्ला सभापति भैसक्नु भएका शाहीले नेवि संघको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालि सक्नुभएको छ । उहाँले पार्टीको जिल्ला सहसचिव र महाधिवेशन प्रतिनिधिको जिम्मेवारी समेत कुशलतापूर्वक सम्हालि सक्नुभएको छ ।

दीपा बोहोरा माझी, उपप्रमुख उम्मेद्वार
नेपाली कांग्रेसले दैलेखको आठवीस नगरपालिकामा नगर उपप्रमुखको उम्मेदवारमा दीपा बोहोरा माझीलाई अघि सारेको छ । उहाँ २०५६ सालदेखि नेपाली कांगे्रसको राजनीतिमा सक्रिय हुनुभएको हो । वीरेन्द्र विद्यामन्दिर टीकापुर कैलाली र सुर्खेत क्याम्पस इकाइ सभापतिको जिम्मेवारी सम्हालि सक्नुभएकी दीपाले टे«ड युनियन कांग्रेसको महिला उपाध्यक्षको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गरिसक्नु भएको छ । पार्टीको महधिवेशन प्रतिनिधि पनि भैसक्नुभएकी दीपा ०६२÷०६३ को आन्दोलनमा कर्णालीबाट सहभागी हुनु भएको थियो । हाल नेपाल महिला संघको केन्द्रीय सदस्य रहनुभएकी दीपा समाजशास्त्रकी स्नातकोत्तर हुनुहुन्छ ।