पु.समाचार

शुशीला कार्की हाजिर भएपछि केहि महत्वपूर्ण निर्णय गर्ने संकेत

काठमाण्डौ । प्रधानन्यायाधीश शुशीला कार्की आईतबार बिहान ९ बजेबाट नै सर्बोच्च अदालतमा हाजिर भईन् । उनलाई २ सय ५९ साँसदले हस्ताक्षर गरेर निलम्बन गरेपछि परेको रिटमा न्यायधीश चोलेन्द्र शम्शेर जबराको एकल ईजलासले उनर्बहाली गरेपछि उनी काममा फर्किएकी छिन् ।
कामुप्रधानन्यायाधीश बनेका गोपाल प्रसाद पराजुली भने कार्यालय नआई बिदामा बसेको सर्बोच्च अदालत स्रोतले बताएको छ । आईतबार र सोमबारमा प्रधानन्यायाधीश कार्कीले केहि महत्वपूर्ण निर्णयहरु गर्ने अनुमान राजनीतिकबृतमा लगाईन्छ ।