आर्थिक

यसरी खन्याउँदैछ चीनले नेपालमा अर्बौ रुपैयाँ

काठमाडौं । नेपालको हस्पिटालिटी (होटेलररेस्टुराँ) बिजनेसमा चिनियाँ लगानीकर्ता आकर्षित देखिएका छन् । चालू आर्थिक वर्षको १० महिनामा ९६ वटा होटेलररेस्टुराँमा विदेशी लगानीको प्रस्ताव आएको छ । यसमध्ये ६० वटा होटेलमा चिनियाँ लगानीकर्ताबाट लगानीको प्रस्ताव आएको हो । उद्योग विभागका अनुसार ९६ होटेलररेस्टुराँमा विभिन्न मुलुकको झण्डै पाँच अर्ब रुपैयाँ विदेशी लगानी हुनेछ । यसमा चिनियाँ लगानीको हिस्सा चार अर्बभन्दा बढी छ । चीनबाट दुईवटा तारे होटेलमा मात्र तीन अर्ब लगानीको प्रस्ताव आएको छ ।

आइतबारको अन्नपूर्णमा लेखिएको छ, कतिपय होटेलमा शत्प्रतिशत विदेशी लगानी आउँदैछ भने कतिपय होटेलमा नेपालीको पनि लगानी हुनेछ । ९६ होटेलमा नेपालीको ५५ करोडको हाराहारीमा लगानी रहने विभागको तथ्यांकले देखाउँछ । नेपालको पर्यटन क्षेत्रमा भित्रिने अधिकांश लगानी होटेलमा केन्द्रित देखिन्छ । चीनको स्वशासित क्षेत्र हङकङको वाइस पिस डेभलपमेन्ट कम्पनीले काठमाडौंमा लक्जरी होटेल खोल्ने प्रस्ताव गरेको छ । वाल्डो डाइनेस्टी नामक होटेलमा दुई अर्ब रुपैयाँ विदेशी लगानी हुनेछ । शत्प्रतिशत विदेशी लगानी रहने होटेलमा तीन सयवटा कोठा र दुई १० जना अटाउने रेस्टुरेन्ट हुनेछन् । यो होटेलले एक सय ३३ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ ।

यसैगरी, चीनको धोगु होटेल डेभलपमेन्ट कम्पनी प्रालिले काठमाडौंमा लक्जरी होटेले खोल्ने प्रस्ताव गरेको छ । होटेलमा एक अर्ब रुपैयाँ लगानी हुनेछ । यसमध्ये ८५ करोड चिनियाँ र १५ करोड रुपैयाँ लगानी रहने विभागले जनाएको छ । टेम्पा रिङजिङ गुरुङ नेपाली लगानीकर्ता रहेका छन् । यो होटेलमा एक सय ८० कोठा र दुई सय क्षमताको रेस्टुरेन्ट रहनेछ । चिनियाँ लगानीकर्ताले काठमाडौंमा ५० करोड लगानी गरेर तारे होटेल खोल्ने प्रस्ताव गरेका छन् । भृकुटीदेवी इनिसियटिभ कम्पनीको नाममा काठमाडौंमा दर्ता भएको चिनियाँ लगानीकर्ता जिया वाङले होटेल खोल्न लागेका हुन् । होटेलमा उनको पूरै लगानी हुनेछ । यसमा ४० कोठा र ६० सिट क्षमताको रेस्टुरेन्ट रहने उल्लेख गरिएको छ ।
चिनियाँ लगानीका धेरै परियोजना होटेल क्षेत्रमा छन् । खासगरी चिनियाँ लगानी साना होटेल तथा रेस्टुराँमा बढी आएको देखिन्छ । १० महिनामा चीनबाट लगानी प्रतिबद्धता आएका ६० होटल रेस्टुराँमध्ये ५० भन्दा बढी साना हुन् । रेस्टुरेन्ट, कफी सपमा चिनियाँ लगानी छ । पर्यटकीय क्षेत्र ठमेल, झम्सिखेल, पोखरा, लुम्बिनी, विभिन्न ट्रेकिङ रुटमा चिनियाँ लगानीका होटेल रेस्टुरेन्ट सञ्चालनमा छन् ।

आधा लगानी होटेलमा
१० महिनाको अवधिमा विभिन्न मुलुकबाट १० अर्ब ७० करोड रुपैयाँ विदेशी लगानीको प्रस्ताव आएको छ । यसमध्ये आधा लगानी होटेलमा मात्रै रहेको छ । विभागका अनुसार कुल प्रस्तावित लगानीको चार अर्ब ९३ करोड लगानी होटेलमा छ । तथ्यांकले होटेलमा लगानीको आकर्षण रहेको देखाउँछ । गत वर्षको सोही अवधिमा नौ अर्ब ९५ करोड विदेशी लगानी प्रस्ताव आएको थियो । गत वर्ष सेवा क्षेत्रमा बढी लगानी ९चार अर्ब १२ करोड० प्रस्ताव आएको विभागले जनाएको छ ।

विभागका अनुसार १० महिनाको अवधिमा कृषि तथा वनजन्य परियोजनामा १७ करोड, निर्माणमा एक करोड, सूचना प्रविधिमा चार करोड, उत्पादनमूलक परियोजनामा एक अर्ब ३७ करोड, खानीमा तीन करोड, सेवा क्षेत्रमा चार अर्ब १४ करोड र पर्यटनमा चार अर्ब ९५ करोड रुपैयाँ लगानीको प्रस्ताव आएको छ ।

मुलुकमा दुई सय ६१ परियोजनामार्फत आउन लागेको लगानीले सात हजार पाँच सय ९० जनालाई प्रत्यक्ष रोजगारी दिनेछ । यी परियोजनाको कुल पुँजी १२ अर्ब २८ करोड रुपैयाँ छ । कुल पुँजीमा डेढ अर्ब रुपैयाँ नेपाली लगानीकर्ताको हुनेछ । कतिपय परियोजना नेपाली र विदेशीको संयुक्त लगानीमा सञ्चालन हुनेछन् । सबैभन्दा बढी सेवा क्षेत्रमा एक सय ११ परियोजना सञ्चालन हुने विभागको तथ्यांकले देखाउँछ ।

सात ठूला परियोजना
१० महिनामा विभागमा सातवटा ठूला परियोजनाले विदेशी लगानी भित्र्याउने अनुमति पाएका छन् । यसमा चार अर्ब ६२ करोड लगानीको प्रस्ताव छ । नेपाली र चिनियाँको संयुक्त लगानीमा नवलपरासीमा सैलुङ एन्ड एसएमई स्टिल उद्योग सञ्चालनमा आउने भएको छ । यसमा १९ करोड चिनियाँ लगानी र ६ करोड नेपाली लगानी रहनेछ । यसको वार्षिक उत्पादन क्षमता चार लाख मेट्रिक टन रहने बताइएको छ । यसैगरी चिनियाँ र नेपालीकै संयुक्त लगानीमा बैधौ टेक्लो प्रालि सञ्चालनमा आउने भएको छ । यसमा ५२ करोड ५० लाख चिनियाँ र १७ करोड ५० लाख नेपाली लगानी रहनेछ ।

यसले सफ्टवेयर विकासको काम गर्नेछ । नेपालीको ८० प्रतिशत र चिनियाँ लगानीकर्ताको २० प्रतिशत लगानीमा रुपन्देहीमा फर यू होटेल खुल्ने भएको छ । यसमा एक सय ५० कोठा र एक सय ५० जना अटाउने रेस्टुरेन्ट हुनेछ । होटेलमा २५ करोड संयुक्त लगानी हुने बताइएको छ ।

चिनियाँ लगानीकर्ताले नै ५० करोड लगानीमा कन्स्ट्रक्सन कम्पनी सञ्चालन गर्ने प्रस्ताव गरेका छन् । यो कम्पनीले निर्माण क्षेत्र सडक, पुल, फ्लाइ ओभर, टनेल, सव-वे, रेलवे, हाइड्रोपावर, इलेक्ट्रिक ट्रान्समिसनमा काम गर्नेछ । यस्तै काठमाडौंमा दुईवटा तीन अर्ब लगानीमा होटेल खोल्ने प्रस्ताव आएको छ ।