अन्तर्राष्ट्रिय

निर्वाचन अभियानका क्रममा सांसदको मृत्यु

एजेन्सी । फ्रान्सको राष्ट्रपतिको निर्वाचन अभियानका भाषण दिइहेकाबेला मञ्चमा बेहोस बनी ढलेका समाजवादी दलका सांसदको रिन एर्हेल, ५० को शनिबार निधन भएको उक्त दलले जनाएको छ । राष्ट्रपतिका उम्मेदवार इम्यानुयल म्याक्रोनलाई मतदान गर्न सर्वसाधारण फ्रान्सेली नागरिकलाई मञ्चबाट आकर्षक वक्तव्य दिइरहेकी एर्हेल मञ्चमा ढलेपछि तत्कालै उपचारका लागि अस्पताल पुर्याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

राष्ट्रपति निर्वाचनमा सशक्त रुपमा खटिएका एर्हेलको अभियानका क्रममा मृत्यु भएको खबरले हामीलाई मर्माहत तुल्याएको छ । फ्रान्सको तल्लो सभाका सभामुख क्लाउनड बार्टोलनले भने ।

बार्टोलनका अनुसार उनी प्लाओजीमा निर्वाचन अभियानका क्रममा खटिएकी थिइन् ।

सन् २००७ देखि फ्रान्सको सांसद रहनुभएकी उनी संसदीय क्रियाकलापमा सधैँ लगनशील देखिन्थिन, समाजवादी नेता तथा राष्ट्रपति फ्रास्वाँ अलान्दले मृतक सांसदलाई स्मरण गरे।

एर्हेल म्याक्रोको निर्वाचन अभियानमा सक्रिय रुपमा लागेकी थिइन् । फ्रान्समा राष्ट्रपति निर्वाचनका लागि दोस्रो चरणको निर्वाचन आइतबार हुने कार्यक्रम छ ।