समाचार

बालविवाह हुँदै गरेको विवाह घरमा एक्कासि प्रहरी पुगेपछि….!

कपिलवस्तु । जिल्लामा प्रहरीले हस्तक्षेप गरेपछि बालविवाह रोएिको खबर छ । कपिलवस्तु १२ सौराहाको अकरवरपुर गाउँमा बालविवाह हुन लागेको सूचनापछि पुगेको प्रहरीको टोलीले विवाह रोकेको हो ।

आइतबारको कान्तिपुरमा लेखिएको छ, गाउँका लक्ष्मण यादवले १४ बर्षीया छोरी सञ्जु यादवको कृष्णनगर १२ हथियागढका युवासँग विवाह तय गरेका थिए । शुक्रबार दिउँसो प्रहरी पुग्दा विवाहको तयारी चल्दै थियो । बाविवाह गराएको आरोपमा बाबुलाई प्रहरीले नियन्त्रणमा लियो ।
यो कुरा बेहुलासहित जन्तीले थाहा पाएपछि बाटेबाटै उतै फर्किए र विवाह रद्द भयो । विवाह तयारी गरिरहेका छरछिमेक पनि प्रहरी देखेपछि भागेका थिए ।