राजनीति

अमेरिकी सिनेटको टोली काठमाण्डौमा

काठमाडौं । अमेरिकी नेतृ न्यान्सी पेलोसीको नेतृत्वमा अमेरिकी सिनेटको एक टोली शनिबार नेपाल भ्रमणमा आएको छ। अमेरिकी एयरफोर्सको विमानबाट अमेरिकी सांसद टोली शनिबार राति त्रिभुवन विमानस्थलमा आइपुगेको हो ।

 तीनदिने नेपाल बसाईका क्रममा अमेरिकी सांसदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख आनेसरी घर्ती र परराष्ट्रमन्त्री प्रकाश शरण महतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेतृ पेलोसी अमेरिकी संसद कांग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टिटिभमा माइनोरिटी लिडर हुन् ।

आइतबारको अन्नपूर्णमा लेखिएको छ,  टोलीमा भारतीय मुलकी पहिलो अमेरिकी सांसद प्रमिला जयपालसहित सात सिनेटर रहेका छन् । नेते पिलोसी हाउस अफ रिप्रेजेन्टिटिभकी पूर्व सभामुख पनि हुन् ।