पु.समाचार

लौ हेर्नुहोस्, यसरी सकिदैछ मधेसी मोर्चा !

काठमाडौं । मधेसको माग पुरा नहुँदै स्थानीय निकायको निर्वाचनमा सहधागी भएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरी निष्कासन गरेको छ । तर मोर्चाले औपचारिक रुपमा निर्णय सार्वजनिक गरेको छैन भने, यादवले आफू मोर्चामा रहेको दाबी गर्दै आएका छन् ।

आइतबारको नेपाल समाचापत्रमा लेखिएको छ, यादव २९ दलीय गठबन्धनबाट पनि निष्कासित भएका छन् । गठबन्धनको निर्णय विपरीत निर्वाचनमा सहभागी भएको भन्दै गठबन्धनले कारबाही गरी यादवलाई निष्कासन छ ।
गठबन्धनले नयाँ संयोजकमा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई चयन गरेको छ ।