पु.समाचार

काँग्रेसका महत्वपूर्ण नेता शाक्यको निधन

काठमाण्डौ । नेपाली काँग्रेसको भातृ संस्था नेबिसंघका संस्थापक नेता समेत रहेका पुर्ब सांसद मार्शलजुलुम शाक्यको शनिबार बिहान निधन भएको छ । ७ दिनदेखि ग्राण्डी अस्पतालमा उपचाररत शाक्य निमोनिया रोगबाट पीडित हुनुहुन्थ्यो ।

७७ बर्षको उमेरमा बिहान ९ बजे निधन भएका स्व.शाक्यको नेपालको प्रजातान्त्रीक आन्दोलनमा ठूलो योगदान रहेको थियो । शाक्य काठमाण्डौको ज्ञानेश्वरमा बस्दै आउनुभएको थियो ।
अन्तिम समयमा पार्टीका गतिबिधिसंग रुष्ट रहनुभएका नेता शाक्यलाई पहिले पनि लामो समयसम्म अस्पतालमा राखिएको थियो । केहिहदसम्म निको भएपछि घरमा आराम गर्दै आउनुभएका भएपनि एक हप्ता अघि पुनः भर्ना गरिएको हो ।