पु.समाचार

चुनावको मुखमा १ सयभन्दा बढी गुण्डामाथि प्रहरी निगरानी, को–को परे निगरानीमा ? (नामसहित)

काठमाण्डौ । स्थानीय तहको निर्वाचनमा सुरक्षा चुनौती दिन सक्ने एक सय ३१ ‘गुन्डा’हरूको सूची बनाएर प्रहरीले उनीहरूमाथि निगरानी सुरु गरेको छ। महानगरीय प्रहरी कार्यालयले उपत्यकाका तीनै जिल्लामा गुन्डागर्दीमा संलग्नहरूको सूची नै पठाएर निगरानीमा राख्न निर्देशन दिएको हो।  महानगरीय प्रहरी कार्यालयले महानगरीय अपराध महाशाखासहित काठमाडौं, ललितपुर र भक्तपुर परिसरलाई सूचीसहित बिहीबार परिपत्र गरेको हो।

परिपत्रमा केही पुराना गुन्डा नाइकेहरूको नाम भने छैन। सूचीमा अधिकांश नया गुन्डाहरू छन्। चुनावमा उनीहरूले उम्मेदवार तथा मतदातालाई धाकधम्की दिन सक्ने भएकाले सबैलाई निगरानीमा राख्न थालिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ।

को–को छन् सूचीमा ?
शनिबारको नयाँ पत्रिकामा लेखिएको छ, प्रहरीबाट प्राप्त सूचीअनुसार दावा लामा, विष्णु लामा, उमेश लामा (जोरपाटी), सूर्य लामा, खगेन्द्रकुमार राई, बुद्ध लामा, विकास लामा, मोहन लामा, शंकर श्रेष्ठ, विकास राई, दिनेश राई, दिलु लामा, सञ्जय लामा ‘झिङ्गे’, प्रकाश गोले, विजय गोले, काजी शेर्पा, रवि थिङ निगरानी सूचीमा छन्। त्यस्तै, विनोद घिसिङ, लम्बु शेर्पा, निमा लामा, उमेश लामा (सिनामंगल), आङनिमा शेर्पा, सविन खड्गी, आशीष राई, राजु गोर्खाली, प्रतीक हवल्दार श्रेष्ठ, राम श्रेष्ठ मदन गिरी, दिपक आचार्य, संजीव लामा, दुर्गा राई, चन्द्र लिम्बु, सनम थेवे पनि प्रहरी सूचीमा छन्। रितु राई, राजु श्रेष्ठ, प्रवेश श्रेष्ठ, रिनझिन शेर्पा ‘रिङकी’, रमेश सुनुवार, मुखिया घले, अमृतमा लामा, अमित लामा, मुखिया लाप्चा, रेम्बो मनाङे, ज्याक भोटे, नोर्बु शेर्पा, दिपक मनाङे, पञ्चे लामा, कान्छा लामा, सुकबहादुर तामाङ, उमेश लामा(ठमेल), राधे भण्डारी, सूर्य गुरुङ, विशाल गुरुङ, वीरबहादुर स्याङतान, अर्जुन गुरुङ, बिश्व कार्की, राजन महर्जन प्रहरी निगरानीमा छन्।

प्रहरीको सूचीमा छिरिङ शेर्पा, छिरी शेर्पा, डेण्डी शेर्पा, सुरेश महर्जन, मानबहादुर तामाङ, निरज लामा, राजु भण्डारी, शमशेर थापा, मिनकुमार लामा, रोशन रोक्का, हिमाल बस्नेत, टेकसग लिम्बू, महेन्द्र थिङ लामा, पूर्ण गुरुङ ‘जसवन्त’ पनि प्रहरीको सक्रिय गुन्डागर्दीको सूचीमा छन्।