राजनीति

नुवाकोटमा उम्मेद्वारमाथि आक्रमण

विदूर । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका दलका नेताहरु घरदैलौ अभियानमा जुटेका छन् । शुक्रबार चुनाव चिन्ह पाएसँगै घरदैलो अभियानमा जुटेका हुन् । नुवाकोटको पूर्वी भेगमा रहेको शिवपुरी गाउँपालिका ७ मा एमालेका कार्यकर्तामाथि शुक्रबार आक्रमण भएको हो ।

शनिबारको अन्नपूर्णमा लेखिएको छ, सदरमुकामदेखी १० किलोमिटर पूर्वमा रहेको उक्त स्थानमा चुनावी प्रचारप्रसारका लागि पुगेका एमालेका उम्मेदवार लगायत कार्यकर्तामाथि कांग्रेसका कार्यकर्ताले लाठी प्रहार गरी आक्रमण गरेको छ ।
एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार राजाराम गुणीमाथि शुक्रबार अपराह्न ६ वटा मोटरसाइकलमा आएका कांग्रेस कार्यकर्ताले आक्रमण गरेको एमालेले जनाएको छ ।