पु.समाचार

राष्ट्रपति भण्डारीसँग राजपाका नेताहरुले व्यक्त गरे यस्तो चिन्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निम्तोमा पुगेका राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरुले महाअभियोग प्रकरणसँगै सुरु राजनीतिक संकटको नयाँ अध्याय तत्काल अन्त्य गर्ने गरी दलहरुलाई उत्प्रेरित गर्न आग्रह गरेका छन् । शुक्रबार उनीहरु शीतल निवासमा छलफल गर्दै गर्दा अदालतको अन्तरिम आदेश आएको थियो ।

शनिबारको कान्तिपुरमा लेखिएको छ, राजपा नेताहरुले संविधान संशोधान, चुनाव आदि विषयमा जेलिइरहेको राजनीतिक समस्या समाधान गर्नुपर्नेमा महाअभियोग प्रस्ताव थपिएको भन्दै चिन्ता जाहेर गरेका थिए ।