राजनीति

विप्लव नेतृत्वको माओवादीले उम्मेद्वारको घरमा कालो झण्डा गाडेपछि…!

सुर्खेत । स्थानीय तहको चुनावमा व्यस्त रहेकै बेलामा उम्मेदवारको घरमा नेपाल कम्युस्टि पार्टीले कालो झण्डा राखेको छ । चुनाव खारेजीको माग गर्दै आएको उक्त पार्टीले सुर्खेतका सबै उम्मेदवारको घरमा बिहीबार राती कालो भण्डा राखेको छ ।

शनिबारको अन्नपूर्णमा लेखिएको छ, मध्यरातमा राखिएको कालो झण्डा अधिकांश उम्मेदवारले राती नै हटाएका थिए भने केहीले शुक्रबार बिहान मात्र जानकारी पाएका थिए ।

विप्लव नेतृत्वको पार्टीले जिल्लाको सबै उम्मेदवारको घरमा कालो झण्डा राखेको हो । घरमा कालो झण्डा गाडिएपछि उम्मेदवारले सुरक्षाको चिन्ता गरेका छन् ।