पु.समाचार

स्थानीय निर्वाचनप्रति भारत खुसी

काठमाडौं । नेपालमा आगामी हप्ता हुन लागेको स्थानीय तहको निर्वाचनप्रति भारतले खुसी व्यक्त गरेको छ । परराष्ट्रमन्त्रि डा. प्रकाशशरण महतसँग शुक्रबार नयाँ दिल्लीमा भएको द्धीपक्षीय भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा हुन लागेको निर्वाचनप्रति खुसी व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शनिबारको नेपाल समाचारपत्रमा लेखिएको छ, निर्वाचनको पूर्ण सफलताको कामना गर्दै निर्वाचनका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।